• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शनिबार, चैत २८, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

सन्तोष कार्की मौसुफ द्वारा लिखित ‘ कर्तव्य ‘

" बुबा स्वर्गवास भएपछि आज पहिलोपटक हामी दाजुभाइको फोनमा कडा बहस भयो,। मैले उसको कुरालाई स्पष्ट रुपमा इन्कार गर्दिएँ। "

  •    संवाददाता/ शुक्रबार, चैत २५, २०७८  

  •            बुबा स्वर्गवास भएपछि आज पहिलोपटक हामी दाजुभाइको फोनमा कडा बहस भयो,। मैले उसको कुरालाई स्पष्ट रुपमा इन्कार गर्दिएँ।
        पुष्तेनी घर छोडेर केहि किलोमीटर टाढा यो बजारमा बस्न आएको थिएँ। म र मेरा बच्चाहरुलाई त्यो कच्ची धुल्लाम्मे सडकमा बस्न मन पर्दैन थियो। हामी दुई श्रीमान श्रीमतीको राम्रै तलब हुने भएकाले फ्लाइट लिएर बसेउ । हाम्रो बुबाले हामिलाई सरल तरिकाले अंश बन्डा त गरेका थिएनन् तर त्यो पुष्तेनी घरमा मेरो पनि बराबर अधिकार छ।
    भाइले हुँदैन पनि भन्दैन , लेखा पढी गरेर अंस लगान पनि उ राजी छ। तर समस्या यो छ कि उसले मेरो भागको अंशमा कोचिङ सेन्टर खोल्न चाहन्छ ।
         उसको शिक्षकको जागिर ७ महिना अगाडि खुस्कियो। दुई महिना अगाडि यताउता नजिक कोठाभाडा लिएर कोचिङ सेन्टर खोलेको छ । फोनमा भनिरहेको थियो ” तपाईंको भागमा परेको अंशमा कोचिङ सेन्टर खोल्छु, मेरो भाडा तिर्ने पैसा बच्छ।”
    यो कस्तो कुरा गर्दै छ, अंश मेरो उपभोग गर्ने चाहिँ उ । त्यसमाथि मेरो श्रीमतिले पनि उसकै सपोर्ट गर्दै भनिन: कोचिङ सेन्टर खोल्न दिनुहोस् न त उ तपाईंको कान्छो भाइ हो। दुख पर्दा त साथ दिने हो नि दाजु भएपछि तपाईंको कर्तव्य पनि त हो भाइलाई दु:खको बेला हेर्ने।”
    अब म के बोलौ पत्रीका पल्टाएर हेरे र थैलो बोकेर तरकारी लिन अगाडिको सब्जी पसल तिर गए ।
    सब्जी पसलमा पस्ने बित्तिकै बर्षौं अगाडि देखि तरकारी उसैको बाट लाने सब्जी वाला भईया देखे। उसको पसलमा फटाफट गए।
    कहाँ हराएको थियौं यतिका दिनसम्म? महिनौ भैसक्यो मैले यताउता बाट तरकारी किनेर लगेको।
    गाउँ बिरगंज गएको थिए हजुर। सानो भाइको स्वास्थ्य स्थिति धेरै बिग्रेकाले हालत खराब भएको थियो। गए र सबै ठिक बनाएर आएँ। घरमा नै सानो दोकान राख्दिएर आएँ। बुबा हुनुहुन्न त के भयो बडा भाइ पनि त बुबा समान हुन्छन् नि साब जि।
    उसको कुरा सुनेर गला सुकेको झै भयो। तरकारी लिन आएको थैलो त्यही छोडेर अटोमा चडेर कच्ची रोड हुँदै घर पुगे।
    बाहिर खेल्दै गरेका भाइका दुई छोराछोरीले मलाई देख्ने बित्तिकै “ठुलोबुबा आउनुभो , ठूलो बुबा आउनुभयो” भनेर म संग लुटुपुटु गर्न थाले ।
    आवाज सुनेर कान्छो भाइ पनि बाहिर निस्कियो । मैले उसलाई हप्काउँदै भने: “निकै ठूलो भैसकेछस तँ । मैले थोरै के भनेको थिए, तैले त्यसपछि देखि फोनै गर्न छोडिस ।”
    “जब तपाईंले स्पष्ट रुपमा इन्कार गर्नुभएको थियो , त्यसपछि तपाइँलाई किन फोन गर्न?”
    हो-हो कत्ति न मेरो कुरा सबै मानेको जस्तो गर्छस।
    किन मान्दिन तपाईंले भनेर त हेर्नुहोस् ।
    तेरो कोचिङ सेन्टरको फर्निचर लाई मरामत गर्नको लागि यहाँ केहि पैसा छ राख। यहाँ बाट सार्नु अगाडि सबै राम्रोसँग ठिक गर।
    मतलब यो मेरो सामान.. । तपाईंको यो उपकारको म…।
    भन्दै गर्दा उसको गला भरियो आँखा भरि टिलपिल आँसु पार्यो।
    उपकार होइन पागल, यो त मेरो कर्तव्य हो जुन मैले बिर्सिएँको थिए। र यो भनिरहदा मेरो आँखामा आँसु टिलपिल भयो।।
                                  May be an illustration of one or more people
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    पोखरा बुधबार साँझ सभागृह चोकमा हत्या गरिएकी ४२ वर्षीया सिर्जना पौडेल क्षेत्री दुःखान्त
    आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    ताजा अपडेट
    • आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    • पोखरा बुधबार साँझ सभागृह चोकमा हत्या गरिएकी ४२ वर्षीया सिर्जना पौडेल क्षेत्री दुःखान्त
    • आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • पोखरामा बाटोमा हिँडिरहेको अवस्थामा मोटरसाइकलबाट आएका युवाले हतियार प्रहार
    • कैलालीमा महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा कासिम अली जागारलाई पक्राउ

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.