• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, फागुन २८, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

नेपाल सहकारी वित्तीय सस्था को केन्द्रिय अध्यक्ष, साहित्यकार तथा समालोचक डा.तुलसी भट्टराईलाई मनिराज बाङ्मय पुरस्कार २०७७’


  •    संवाददाता अल्चना श्रेष्ठ / बिहिबार, चैत १७, २०७८  

  • नेपाल सहकारी वित्तीय सस्था को केन्द्रिय अध्यक्ष, साहित्यकार तथा समालोचक डा.तुलसी भट्टराईलाई एकलाख राशिको पुरस्कार प्रदान गरिएको छ । वरिष्ठ साहित्यकार मनिराज जोशीको नामबाट स्थापित एक लाख रुपियाँ राशिको ‘मनिराज बाङ्मय पुरस्कार २०७७’  साहित्यकार तथा समालोचक डा. भट्टराईलाई प्रदान गरिएको हो ।

    नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठान गोदावरी, कैलालीले चैत १५ गते काठमाडौमा एक कार्यक्रमको आयोजना गरेर उक्त पुरस्कार प्रदान गरेको थियो । पुरस्कार नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले  पुरस्कृत डा. भटेटराईलाई प्रदान गरेका थिए ।

    कार्यक्रममा प्रमुख अतिथि उप्रेती , प्रतिष्ठानका अध्यक्ष पद्मराज जोशी , पुरस्कारका संस्थापक मनीराज जोशी र कार्यक्रम संयोजक मदनराज पाण्डे लगायतले आआफ्नो मन्तव्य राखेका थिए । २०७३ सालमा स्थापना भएको सो पुरस्कारबाट यसअघि राष्ट्रकवि माधव घिमिरे, पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, विराटनगरका साहित्यकार दधिराज सुवेदी पुरस्कृत भइसकेका छन् ।

    प्रजातान्त्रिक आन्दोलनमा बीपी र कृष्णप्रसाद भट्टराईसंगै रहेर लामो समय काम गरेका डा। भट्टराईका डेढ दर्जन कृति प्रकाशित भएका छन् । उनका कथा, कविता , उपन्यास , समालोचना , संस्मरणका साथै भाषाका कृति प्रकाशित छन् ।

    डा. भट्टराई साझा प्रकाशनका पूर्व अध्यक्ष एवं महाप्रबन्धक, गोरखापत्र संस्थानका पूर्व  कार्यकारी अध्यक्ष ,नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव र नेपाली लेखक संघका पूर्व अध्यक्ष हाल नेपाल सहकारी वित्तीय सस्था को केन्द्रिय अध्यक्ष समेत रहेका छन् ।   नेपाली भाषा, साहित्य, कला र संस्कृतिको श्रीबृद्धिमा उल्लेखनीय योगदान दिनुहुने स्रष्टालाई हरेक वर्ष यो पुरस्कार प्रदान गरिदैआएको   प्रतिष्ठानका अध्यक्ष जोशीले बताए । पुरस्कार वरिष्ठ साहित्यकार मनिराज जोशीको नामबाट स्थापित गरिएको हो । जोशीले कैलालीको धनगढीमा रहेर नेपाली साहित्य तथा ज्योतिष विधामा सक्रिय रहनुभएका महाकाव्यकार  नेपाली साहित्यको उत्थान र श्रीबृद्धिमा ठूलो योगदान गरेका छन् ।

    यसै गरि  नेपाल सहकारी वित्तीय सस्था पोखरा शाखाको संयोजक दिल कुमार श्रेष्ठ ,चितवन शाखाको अध्यक्ष  बसन्त मोहनअधिकारी,बीरगंज,शाखाको  अध्यक्ष  राम   श्रेष्ठले हाम्रो संस्थाको शिर अझ उच्च बनाउनु भएकोमा गर्व महसुस गर्दछौं भन्दै हार्दिक बधाई  बेक्त   गर्नु भयो

    साभार खुलामंच  डट कम

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    ​विचारको सारथी: नेपाली राजनीतिमा प्रचण्ड र कम्युनिस्ट आन्दोलनको प्रभाव
    निर्वाचनमा ‘एल्गोरिदम’ को जालो: के हामी डिजिटल भ्रमको शिकार भयौँ?
    सुनिता श्रेष्ठ द्वारा लिखित देश प्रेमी कबिता ‘ कति राम्रो हाम्रो देश ‘
    ताजा अपडेट
    • ​विचारको सारथी: नेपाली राजनीतिमा प्रचण्ड र कम्युनिस्ट आन्दोलनको प्रभाव
    • निर्वाचनमा ‘एल्गोरिदम’ को जालो: के हामी डिजिटल भ्रमको शिकार भयौँ?
    • सुनिता श्रेष्ठ द्वारा लिखित देश प्रेमी कबिता ‘ कति राम्रो हाम्रो देश ‘
    • बलात्कारपछि हत्या गरेको आरोपमा चार किशोर पक्राउ
    • नेपालका निर्वाचन: पहिले र अहिलेको तुलनात्मक विश्लेषण

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.