• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, बैशाख १६, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

सरकारले आर्थिक वर्ष २०९२/९३ सम्ममा मेगा ऊर्जा योजना’ : १० वर्षमा २४ हजार ५ सय मेगावाट विद्युत उत्पादन लक्ष्य

"सरकारले आर्थिक वर्ष २०९२/९३ सम्ममा मेगा ऊर्जा योजना’ : १० वर्षमा २४ हजार ५ सय मेगावाट विद्युत उत्पादन लक्ष्य "

  •    अभियान हाम्रो डट कम / सोमबार, बैशाख १४, २०८३  

  •     सरकारले आर्थिक वर्ष २०९२/९३ सम्ममा कुल २४ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यसहित ‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, २०८३’ सार्वजनिक गरेको छ। सरकारी, सार्वजनिक तथा निजी क्षेत्रको संयुक्त लगानीमा जलविद्युत् र सौर्य ऊर्जा परियोजनालाई प्राथमिकतामा राखिएको छ।
    रणनीतिअनुसार बुढीगण्डकी जलाशययुक्त आयोजना १,२०० मेगावाट क्षमतासहित २०८१ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। त्यस्तै, रघुगङ्गा जलविद्युत् आयोजना अन्तिम चरणमा पुगेको र छिट्टै सञ्चालनमा आउने जनाइएको छ। १४० मेगावाटको तनहुँ जलविद्युत् आयोजना २०८५/८६ सम्म सम्पन्न गर्ने योजना छ।
    माथिल्लो अरुण (१,०६१ मेगावाट), नलगाड (४१७ मेगावाट), अरुण चौथो (४९० मेगावाट), बेतन कर्णाली (४३९ मेगावाट) लगायत ठूला आयोजना २०९०–२०९२ भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ। यसैगरी, दूधकोशी जलाशययुक्त आयोजना (६७० मेगावाट) पनि २०९१ सम्म सम्पन्न गर्ने कार्ययोजना छ।
          सौर्य ऊर्जातर्फ नेपाल विद्युत् प्राधिकरणले १,००० मेगावाटको परियोजना २०८५ भित्र निर्माण गर्ने लक्ष्य राखेको छ। निजी क्षेत्र र इप्पानमार्फत करिब १४ हजार मेगावाट बराबरका सौर्य तथा निर्यातमुखी परियोजना अघि बढाइने छन्।
    रणनीतिमा १४ आन्तरिक र १० अन्तरदेशीय प्रसारण लाइन निर्माण, विद्युतीय चुलो विस्तार, चार्जिङ स्टेशन स्थापना, कृषि तथा उद्योगमा विद्युतीय ऊर्जा प्रयोग वृद्धि लगायतका योजना पनि समेटिएका छन्।
    सरकारले यो रणनीतिमार्फत देशलाई ऊर्जा उत्पादनमा आत्मनिर्भर बनाउँदै विद्युत् निर्यात गर्ने लक्ष्य लिएको छ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    हावाहुरीसहित वर्षा–पहिरो र चट्याङका कारण १६ वटा भेडाबाख्रा मरेका र ३८ वटा भेडाबाख्रा बेपत्ता
    बाके भेरीअस्पताल चिकित्सकलाई खुट्टा काटने र मार्ने धम्की दिएका पत्रकार कुशल दर्लामीलाई नियन्त्रणमा
    सुकुम्बासी बस्तिमा सेनाका बुटहरु बजारेर चीत्कार नियन्त्रण लिने कोसिस हुदैछ यो सरकार
    ताजा अपडेट
    • हावाहुरीसहित वर्षा–पहिरो र चट्याङका कारण १६ वटा भेडाबाख्रा मरेका र ३८ वटा भेडाबाख्रा बेपत्ता
    • बाके भेरीअस्पताल चिकित्सकलाई खुट्टा काटने र मार्ने धम्की दिएका पत्रकार कुशल दर्लामीलाई नियन्त्रणमा
    • सुकुम्बासी बस्तिमा सेनाका बुटहरु बजारेर चीत्कार नियन्त्रण लिने कोसिस हुदैछ यो सरकार
    • ती नेपाली कहाँ थिए र ती त सुकुमबासी पो थिए ! ती मान्छे कहाँ थिए र ??? ती त सुकुम्बासी पो थिए :हर्क साम्पाङ
    • दाङमा वर्षौंदेखि कब्जामा रहेका सरकारी तथा सार्वजनिक जग्गा फिर्ता ल्याउने तयारी

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.