बर्तमन सरकारले सुकुम्बासी रुपि हुकुमबासिले अतिक्रमित सरकारी जमिनमा निर्मित अनाधिकृत संरचना हटाउदै गर्दा सबै भन्दा धेरै र पहिला हाम्रा माओबादी पृष्ठभुमिका नेता र नेतृत्वले सशक्त बिरोध गरेको देखे प्रतिरोध स्वरुप बहुआयामिक दुरदर्शि दृष्टिकोण राखेर महान जिम्मेवारीको बहनमा दर्शनको ओझिलो शब्दहरुको पस्काइले तब म जस्ता हिजो संगै मुक्ती य मृत्युको सपथ खाएर तिनै नेताहरुसंग हिडिरहदा यस्तै गरिब,दुखी ,सुकुम्बासीको हकको लागि गोलि खाएर घाईते भएकाहरुलाई सम्झे…र प्रश्न उठ्यो आफ्नो घाईते,अपांगको लागि अहिलेसम्न एक शब्द खर्च गर्ने नैतिकता नराख्ने तिनिहरुलाई यो सुकुम्बासिको बर्तमन अबस्थामा सरकारलाई आतंककारी ,तानाशाह भन्ने नैतिकता कसरी आयो होला भनी ।
बर्तमन सुकुम्बासी भन्नेमा हामिले बुझेका,पढेका,देखेका,सुनेका र विश्व मानव अधिकारले परिभाषित गरेका जस्तो सुचांकभित्र अधिकांश नपर्नुमा समस्या सुकुम्बासी बन्नुमा होइन गलत परिभाषित गरेर भन्नुमा र बनाउनुमा राजनीतिक,धार्मिक,प्रशासनिक आड रहेछ भन्ने आधारहरु प्रष्ट हुदैछ । पश्चाताप त यहाँनिर लाग्दैछ जसले क्रान्तिकारी भुमिसुधारको नारा बोकेर भुमिहिन जनता जगायो उहीँ पार्टी र उहीँ नेतानै सुकुम्बासिको नाममा सरकारी जग्गा अतिक्रम गरेर,संरचना बनाएर,भुमिहिनलाई भाँडामा लगाएर ,कमाउ धन्दा बनाएर अनि आफू भिडमा निस्किदोरहेछ सुकुम्बासी नेता हुँ भन्दै अतिथिको अबिर,माला पहिराउन ।

सुकुम्बासिको न्युँउमा हुकुम्बासी हुन जसरी अघिल्लो पार्टी र नेतृत्वहरुले जे प्रबिती अपनायो त्यसलाईनै बल पुग्नेगरी क्रान्तिकारी भुमिसुधारका नेता भनाउदागरुले गरेकै कारण आज हुकुमबासिको हुलबाट तिक्त आवाझरु आइरहेको छ यो सबै कांग्रेस,एमाले,माओबादिका कारण हुन भन्दै। माओबादिका नाममा स सना नाङ्ले पसल थापेर नेता भै टोपाल्न सयौं भुमिहिनको आडमा हुकुमबासी बनेर सुकुमबासी धन्दा चलाएर अतिथी बनिरहने अबसर गुम्ने भएपछी छाडिएका हुँकारमा दम होइन फोस्रा हो भन्ने प्रमानित हुदैछ होइन भने क्रान्तिकारी भुमिसुधारको प्रगती खोई कती भयो यतिका बर्षसम्म ?
त्यसैले क्रान्ती सधै बिरोधमा मात्र हुदैन समर्थनमा पनि हुनसक्छ। राजनितिक,धार्मिक,प्रशासनिक आडमा हुने यस्ता प्रबिती बिरुद्ध पहिला आफुलाई र आफ्नलाई खबरदारी हो किनकी आफ्नो घाईते,अपांग योद्धाहरुको बारेमा केही नबोल्ने,नगर्ने र नसोच्ने नेतृत्व यिनै हुन जसले आज सुकुम्बासीको नाउँमा क्रान्तिकारी खोल भित्रबाट फोस्रा धम्की दिइरहेका छन।
‘लेखक माओबादी पूर्व जनमुक्ति सेनाको कमान्डर हुनुहुन्छ ‘








