मेष : साना कुराले मनमा झन्झट बढ्ने छ । शास्त्रको अध्ययन गरेमा दिन सहज बन्नेछ । धार्मिक अभियन्तासँगको भेटले मन शान्त बन्नेछ ।
वृष : दिन राम्रो रहेको छ । तपाईंको काममा विपक्षीलेसमेत साथ दिनेछन् । शिक्षाको क्षेत्रमा गरेको प्रयासमा ढिलासुस्ती हुनेछ ।
मिथुन : शिक्षाको क्षेत्रमा प्रगति हुनेछ । अध्ययनमा जाँगर चल्ने छ । साथीभाइ र बन्धुसँगको सहकार्यले फाइदा मिल्ने छ । विदेशमा गरेको लगानीबाट नाफा हुनेछ ।
कर्कट : शुभ दिन हो । परिवारको तर्फबाट भने सहयोग मिल्ने छ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।
सिंह : दिन सामान्य छ । रोगसँग लड्ने क्षमता बढ्ने छ । आफ्ना साथीले भने साथ नदिएर हैरान पार्ने जोखिम रहेको छ ।
कन्या : दिन राम्रो छ । आज हिम्मत गरेर काम गर्नुपर्ने दिन छ । परिवारको साथ र सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।
तुला : दिन शुभ छ । नयाँ खबर सुन्न पाइने छ । तपाईंको कला र गलाको प्रसंसा हुनेछ । लगानी गरेको भए सफलता मिल्ने छ ।
वृश्चिक : आम्दानी बढ्ने छ । परिवारभित्रका मान्छेले भन्दा बाहिरका व्यक्तिले प्रशंसा गर्ने छन् । शिक्षामा मिहिनेतको फल मिल्ने छ ।
धनु : दिन सामान्य छ । परिवारको साथ र सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्धमा सुधार हुने योग छ । दान गरेर दिनको सुरुवात गर्नु उचित हुनेछ ।
मकर : दाजुभाइसँग सहकार्य गरेर काम गर्नु उचित हुनेछ । परिवारलाई विश्वास गर्दा धोका हुनेछ । शिक्षामा थप श्रम गर्नुपर्ने दिन छ ।
कुम्भ : दिन सामान्य छ । परिवारको तर्फबाट साथ र सहयोग मिल्ने छ । प्रेम सम्बन्ध सुधार हुनेछ ।
मीन : दिन सामान्य राम्रो छ । समय दिन सकेमा सफलता मिल्ने छ । जन्म कुण्डलीमा हेरेर कामको सुरुवात गर्नु उचित हुनेछ ।







