मेष :
दिन सामान्य छ । लगानीको क्षेत्र संकटमा पर्ने जोखिम रहेको छ । आज शिक्षा क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ ।
वृष :
दिन राम्रो छ । मन शान्त बन्नेछ । पारिवारिक मेलमिलाप हुनेछ ।
मिथुन :
समय राम्रो छ । पर्यटन क्षेत्रमा रमाइलो गर्ने अवसर मिल्ने छ । परिवारसँग बसेर रमाइलो गर्ने दिन छ ।
कर्कट :
राज्यको तर्फबाट भय बढ्ने छ । सानो रकम भए पनि दान गरेर मनलाई शान्त पार्न सक्नुहुनेछ । संकटमा परिवारको भने साथ र सहयोग मिल्ने छ ।
सिंह :
शुभ समाचार सुन्ने दिन छ । आज नसोचेको धन प्राप्त हुनेछ । मित्रबाट साथ र सहयोग मिल्ने छ । छोटो दूरीको सुखद् यात्रा हुनेछ ।
कन्या :
दिन राम्रो छ । बोली र व्यवहारमा एकरुपता भएमा मान र सम्मान प्राप्त हुनेछ । स्वास्थ्य क्षेत्रमा गरेको प्रयासमा सफलता मिल्ने छ ।
तुला :
सुख र आनन्द प्राप्त हुने दिन छ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ । दाम्पत्य जीवन सुखमय बन्दा प्रेम सम्बन्धमा उत्साह बढ्ने छ ।
वृश्चिक :
दैनिकी तपाईंका लागि सहज रहेको छ । रमाइलो गर्ने नाममा खर्च बढ्ने छ । स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने दिन छ ।
धनु :
शिक्षाको क्षेत्रमा मिहिनेत गर्नुपर्ने समय छ । व्यापारमा निरासा बढ्ने भएकाले परिवारको साथ लिएर अगाडि बढ्नु राम्रो हुनेछ ।
मकर :
काम गर्दा सचेत बन्नु उचित हुन्छ । शनिका कारण हरेक काममा बाधा हुनेछ । गणेशको भजन मात्र सुनेर दिनको सुरुवात गरेमा दैनिकी सहज बन्नेछ ।
कुम्भ :
दिन सुखद् रहेको छ । तपाईंको काममा विपक्षीलेसमेत साथ दिनेछन् । शिक्षाको क्षेत्रमा गरेको प्रयासमा ढिलासुस्ती हुनेछ ।
मीन :
सोचेर काम गर्नु उचित हुन्छ । साना कुराले मनमा निरासा बढ्ने छ । आफ्नै परिवारका कारणले मनमा असन्तुष्टि बढ्ने छ ।








