मतदान गरेर हेली एभरेस्टको हेलिकप्टर चढेर झापा गएका थिए । उनी चढेर गएको हेलिकप्टर ल्यान्ड नगरी काठमाडौँको त्रिभुवन विमानस्थलमा फर्किएको थियो ।
त्रिभुवन विमानस्थल उच्च स्रोतका अनुसार उनले निर्वाचन आयोगसँग अनुमति नलिई हेलिकप्टर लिएर गएपछि ल्याण्ड गर्न नदिइएको हो । ‘निर्वाचन आयोगबाट अनुमति लिएको नदेखिएपछि फर्काइएको हो,’ स्रोतले भन्यो ।







