कविता —–“मृत्यु”
जीवनको परिभाषामा अभिन्न रहेको
एउटै रथका दुई पाटा
आह्लादित जन्म
स्तब्ध समाप्ति मृत्यु
जब आशहरूले वरण गर्छन्
असङ्ख्य खुशीहरूसँग
स्वागतार्थ रहरहरू
स्वयं जन्ती बन्छन्
यावत् जीवनका सुनौला पाटाहरू
चलायमान यात्रामा निरन्तरताको खातिर
शङ्खघोष गर्दागर्दै लक्ष्य विथोल्दै
अचानक पाइला रोकिन्छ घच्याक्क
! एउटा सङ्कटमय दुर्घटना बनेर
जीवनरथको अन्तिम पाटो विलय हुँदै
पञ्चतत्वको भौतिक काया
गर्ल्यामगुर्लुम ढल्छ
मृत्यु अङ्गाल्दै राम नाम सत्य
भएर मोक्ष द्वारमा !!

कवी : लक्ष्मी रायमाझी विराटनगर!
अभियान खबरको लागि अल्चना श्रेष्ठ पोखरा !
किर्पया लाइक शियर कमेन्ट अपेक्षा गर्दछु !
साथै अभियान खबर टि भी लाइ सस्क्राइब गरिदिनु होला !
Enter