• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, बैशाख १६, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

नेकपा एकीकृत समाजवादीको केन्द्रिय सदस्यमा संगीता तामाङ मनोनित


  •    अभियान हाम्रो डट कम / आइतबार, साउन २०, २०८१  

  • काठमाडौँ

    नेकपा (एकीकृत)समाजवादिको केन्द्रिय सदस्य पदमा संगीता तामाङ मनोनित भएकी छिन । पार्टिले उनलाई केन्द्रिय सदस्य पदमा मनोनित गरेको हो । दोलखाबाट सक्रिय राजनीतिमा रहेकी उनले आफु थप सशक्त ढंगले देश र जनताको निम्ती अघी बढ्ने बताइन ।

    को हुन संगीता तामाङ ?
    दोलखा बोचमा वि.सं. २०४५ मा जन्मिएकी हुन संगिता तामाङ । निडर स्वभाव, स्पष्ट वक्ता र कुशल नेतृत्व गर्न रुचाउने पात्र अर्थात आफू  रहेको राजनीतिक दलमा प्रतिबद्ध एक सम्भावित र प्रभावशाली व्यक्तित्व रुपमा परिचित छिन उनी ।  जो परिवर्तका लागि विद्यार्थीदेखि नै दोलखाको सदरमुकाममा हुने विभिन्न राजनीतिक आन्दोलनको मोर्चामा उभिइन् । जानेर या नजानेरै नेकपा एमालेको विद्यार्थी संगठनमा लागेकी थिइन् । अनेरास्ववियू दोलखाको इतिहासमा मात्रै नभएर उनी केन्द्रीय तहमा नै चर्चाको पात्र थिइन् ।विद्यालय तहमा अध्ययन गर्दादेखि नै नेपाल रेडक्रस सोसाइटि जुनियरबाट सामाजिक क्षेत्रमा हातेमालो गर्न थालेकी संगितालाई एमाले विद्यार्थी राजनीतिले थप उर्जा मिलेको थियो ।जस्ले उनको व्यक्तित्व विकाससँगै नेतृत्व विकासको नयाँ आयाम सुरु भएको थियो । त्यो समय २०५८ ताका थियो ।

    वि.सं.२०५६ मा कक्षा ६ अध्ययन गर्दा १४ वर्षको कलिलै उमेर अनेरास्ववियू प्रारम्भिक कमिटिको अध्यक्ष भएकी थिइन् । यसरी उनको राजनीतिक यात्रा तय भएको थियो । २०६५ सालमा गौरीशकर क्याम्पस दोलखाको अनेरास्ववियूका कोषाध्यक्ष पद सम्हाल्न पुगेकी थिइन । अनेरास्ववियू दोलखा जिल्ला अध्यक्ष हुँदै दुई कार्यकाल अनेरास्ववियू केन्द्रीय सदस्यमा निर्वाचित भई विद्यार्थी राजनीतिको माथिल्लो तहसम्म पुगेकी थिइन् । उर्जाशिल र क्रियाशिलताले भरिएको संगिताले तामाङ समुदायको विभिन्न संघमसंगठनमा पनि नेतृत्वदायी भूमिका निर्वाह गरेकी छिन् । संगिता,आदिवासी जनजाति विद्यार्थी महासंघ दोलखाको अध्यक्ष समेत भएकी थिइन । नेपाल तामाङ विद्यार्थी घेदुङ दोलखाको अध्यक्षको भूमिका निर्वाह गरिसकेका छन्। विद्यार्थी घेदुङका केन्द्रीय उपाध्यक्ष हुँदै अहिले उनी नेपाल तामाङ घेदुङको केन्द्रीय सदस्यका रुपमा क्रियाशील पनि छन् ।

    नेकपा एससम्बद्ध महिला संघ बागमती प्रदेशकी सचिवको भूमिका निर्वाह गरिसकेकी उनी वर्तमान राजनीतिमा स्थानीय जनप्रतिनिधिदेखि प्रदेश तथा संघीय जनप्रतिनिधिका राजनीतिक पृष्ठधार भएका महिला नेतृत्व हुन् । गत स्थानीय तहको निर्वाचनको निम्ती उनी भीमेश्वर नगरको उपमेयर पदको लागि  निर्वाचनमा भाग लिएको थिइन । झिनो मतका साथ(३३९५ बदर १४३ मतान्तर) उनी निर्वाचनमा पराजय भोगिन । तर पनि उनी भिमेश्वरवासीका निम्ती ढुक्ढुकी बनेकी छिन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    हावाहुरीसहित वर्षा–पहिरो र चट्याङका कारण १६ वटा भेडाबाख्रा मरेका र ३८ वटा भेडाबाख्रा बेपत्ता
    बाके भेरीअस्पताल चिकित्सकलाई खुट्टा काटने र मार्ने धम्की दिएका पत्रकार कुशल दर्लामीलाई नियन्त्रणमा
    सुकुम्बासी बस्तिमा सेनाका बुटहरु बजारेर चीत्कार नियन्त्रण लिने कोसिस हुदैछ यो सरकार
    ताजा अपडेट
    • हावाहुरीसहित वर्षा–पहिरो र चट्याङका कारण १६ वटा भेडाबाख्रा मरेका र ३८ वटा भेडाबाख्रा बेपत्ता
    • बाके भेरीअस्पताल चिकित्सकलाई खुट्टा काटने र मार्ने धम्की दिएका पत्रकार कुशल दर्लामीलाई नियन्त्रणमा
    • सुकुम्बासी बस्तिमा सेनाका बुटहरु बजारेर चीत्कार नियन्त्रण लिने कोसिस हुदैछ यो सरकार
    • ती नेपाली कहाँ थिए र ती त सुकुमबासी पो थिए ! ती मान्छे कहाँ थिए र ??? ती त सुकुम्बासी पो थिए :हर्क साम्पाङ
    • दाङमा वर्षौंदेखि कब्जामा रहेका सरकारी तथा सार्वजनिक जग्गा फिर्ता ल्याउने तयारी

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.