आज विश्व रेडियो दिवस विभिन्न विभिन्न कार्यक्रम गरी मनाईंदैछ । संयुक्त राष्ट्रसंघको आहृवानमा सन् २०१२ बाट विश्व रेडियो दिवस मनाउन सुरु गरिएको हो स्पेनको प्रस्तावमा युनेस्कोको ३६ औं सम्मेलनले सन् २०११ नोभेम्बर ३ तारिखमा हरेक वर्षको फेब्रुअरी १३ तारिखलाई रेडियो दिवसका रुपमा मनाउने घोषणा गरेकोथियो !

नेपालमा बिक्रम सम्बत २००३ सालमा काठमाडौंमा रेडियोको प्रशारण सुरु भएपनि औपचारिक रुपमा भने २००७ साल मंसिर २८ गतेदेखि प्रजातन्त्र रेडियोका नाममा रेडियो सञ्चालन सुरु भएको हो । विश्वमा भने व्यवसायीक रेडियो प्रशारण सुरु भएको ९४ वर्ष भएको छ । नेपालमा २०५२ सालदेखि एफएम प्रशारण सुरु भएको हो । अहिले देशका सवैजसो जिल्लामा एफएम रेडियो स्थापना भएका छन् ।

साक्षरता तथा शिक्षाको पहुँच कम भएको देशमा रेडियो प्रभावकारी माध्यमका रुपमा रहने गरेका छन् । लुकेको आवाज बुलन्द गर्न सकौ, विश्व रेडियो दिवसको हार्दिक शुभकामना आफ्नो फेसबुकको पोस्टमा जारि गर्नु भएको छ ! साथै रेडियोको दुनियामा आवाजविहीन को आवाज रुपमा रेडियो गोर्खालीमा स्टेशन मेनेजरको रुपमा कार्यरत हुनुहुन्छ! साथै रेडियोको दुनियामा मलाइ पहिलो पटक तातेताते गैदै पाइला टेकाउनु हुने असल गुरु पनि हुन्हुन्छ !मेरो तर्फ बाट पनि हार्दिक शुभकामना रडियो श्रोताबिन , खिमा मेम् , रेडियो गोर्खाली परिवार तथा सम्पूर्ण रेडियोकर्मी हार्दिक आभार प्रकट गर्दछु !




विश्व रेडियो दिवसको हार्दिक शुभकामना
अल्चना श्रेष्ठ