११ असार, काठमाडौं। मेलम्चीको पानी काठमाडौंमा पथान्तरण बन्द गरिएको छ। निरन्तरको भारी वर्षाका कारण बाढीको सम्भावित क्षति रोक्न यो कदम चालिएको हो।
गत आइतबार रातिदेखि अविरल वर्षा भएपछि मेलम्ची नदीमा बाढी आएको थियो, जसले गर्दा स्थानीयहरू त्रसित भएका छन्। बाढीको त्रासले स्थानीयहरूले रातभर बिदाको रात बिताएका छन्।
निरन्तर वर्षाका कारण आइतबार राति मेलम्ची नगरपालिका ११ स्थित फट्टेमा रहेको अस्थायी पुल समेत बगाएको छ। यो पुल बगाएपछि स्थानीयहरूको आवतजावतमा ठूलो समस्या भएको छ।
२०७८ सालको बाढीले पुल बगाएपछि सो स्थानमा ह्युमपाइप राखेर अस्थायी पुल बनाइएको थियो। यस पुलले मेलम्ची बजार, मेलम्ची नगरपालिकाको वडा नम्बर ७ र ८, पाँचपोखरी थाङपाल गाउँपालिकाका वडा नम्बर १ र २ तथा हेलम्बुको केही वडालाई जोडेको थियो। पुल बगाएपछि एक वडाबाट अर्को वडामा जान निकै असहज भएको छ।








