• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, बैशाख १६, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

अर्थमन्त्री पुनको दाबी: नेता वा मन्त्रीको क्षेत्र केन्द्रित बजेट छुट्याइएको छैन


  •    अभियान हाम्रो डट कम / सोमबार, असार १०, २०८१  

  • १० असार, काठमाडौं। अर्थमन्त्री वर्षमान पुन अनन्तले नेता वा मन्त्रीको निर्वाचन क्षेत्र केन्द्रित बजेट छुट्याइएको भन्ने आरोप असत्य भएको दाबी गरेका छन्।

    सोमबार प्रतिनिधि सभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री पुनले यस्तो बताएका हुन्। सांसदहरूले नेता र मन्त्री केन्द्रित बजेट आएको आरोप लगाएका थिए। जवाफमा मन्त्री पुनले भने, “नेपाल सरकारले कुनै दल वा नेता वा मन्त्रीको निर्वाचन क्षेत्रका लागि मात्रै बढी बजेट छुट्याएको सत्य होइन। सरकारको प्राथमिकता सन्तुलित र समानुपातिक विकास गर्नमा छ।”

    मन्त्री पुनले बजेट तर्जुमा गर्दा प्रचलित ऐन, कानून, बजेट तर्जुमा निर्देशिका, तथा स्वीकृत प्रणालीअनुसार छलफल र स्वीकृति गर्ने प्रक्रियामा सबै जनप्रतिनिधिको समान भूमिका रहेको स्पष्ट गरे। सरकारले सबै भौगोलिक क्षेत्र, वर्ग, समुदायको समानुपातिक र सन्तुलित विकासप्रति प्रतिबद्ध रहेको दोहोर्‍याए।

    बजेट विनियोजन गर्दा आयोजना बैंकमा आबद्ध भएका, बहुवर्षीय स्रोत सहमति भएका, आगामी आर्थिक वर्षमा सम्पन्न हुने, सिर्जित दायित्व भुक्तानी गर्नुपर्ने, क्रमागत रूपमा रहेका तथा अनिवार्य दायित्वअन्तर्गत खर्च हुने आयोजना तथा कार्यक्रमहरूलाई प्राथमिकतामा राखिएको उनले बताए।

    मन्त्री पुनले ठूला आयोजना संघ, मझौला प्रदेश र साना आयोजना स्थानीय तहमा जाने स्पष्ट पारे। संघ, प्रदेश, र स्थानीय तहबीच दोहोरोपना नहुने गरी कार्यान्वयन गर्ने व्यवस्था मिलाइएको जानकारी दिए।

    जलवायु कोषको प्रयोग र ग्रिन ‘फाइनान्सिङ’को विषयमा वातावरणीय न्यायको सिद्धान्तअनुसार सहायता परिचालन गरिने विश्वास मन्त्री पुनले दिलाए। सार्वजनिक ऋणको भार बढ्दो भए पनि कुल गार्हस्थ उत्पादनमा यसको अनुपात ४० प्रतिशतभन्दा तल नै रहेको र सार्वजनिक ऋणको उपयोग उत्पादनमूलक क्षेत्रमा गरिने बताए।

    खेलकूद मन्त्रालयलाई आगामी आर्थिक वर्षमा झण्डै २२ प्रतिशतले बजेट वृद्धि गरिएको जानकारी दिँदै, चालु आर्थिक वर्षको राजस्व सङ्कलनको तुलनामा आगामी आर्थिक वर्षको लक्ष्य सन्तुलित रहेको उल्लेख गरे। अर्थतन्त्र चलायमान गराउने, स्पष्ट कार्ययोजनासहित राजस्व सङ्कलन, सघन बजार अनुगमन, र राजस्व चुहावट नियन्त्रण गर्न समन्वयात्मक ढंगले परिचालन गर्दा राजस्व संकलनको लक्ष्य पूरा गर्न सकिने विश्वास व्यक्त गरे।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    हावाहुरीसहित वर्षा–पहिरो र चट्याङका कारण १६ वटा भेडाबाख्रा मरेका र ३८ वटा भेडाबाख्रा बेपत्ता
    बाके भेरीअस्पताल चिकित्सकलाई खुट्टा काटने र मार्ने धम्की दिएका पत्रकार कुशल दर्लामीलाई नियन्त्रणमा
    सुकुम्बासी बस्तिमा सेनाका बुटहरु बजारेर चीत्कार नियन्त्रण लिने कोसिस हुदैछ यो सरकार
    ताजा अपडेट
    • हावाहुरीसहित वर्षा–पहिरो र चट्याङका कारण १६ वटा भेडाबाख्रा मरेका र ३८ वटा भेडाबाख्रा बेपत्ता
    • बाके भेरीअस्पताल चिकित्सकलाई खुट्टा काटने र मार्ने धम्की दिएका पत्रकार कुशल दर्लामीलाई नियन्त्रणमा
    • सुकुम्बासी बस्तिमा सेनाका बुटहरु बजारेर चीत्कार नियन्त्रण लिने कोसिस हुदैछ यो सरकार
    • ती नेपाली कहाँ थिए र ती त सुकुमबासी पो थिए ! ती मान्छे कहाँ थिए र ??? ती त सुकुम्बासी पो थिए :हर्क साम्पाङ
    • दाङमा वर्षौंदेखि कब्जामा रहेका सरकारी तथा सार्वजनिक जग्गा फिर्ता ल्याउने तयारी

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.