• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, बैशाख १६, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

बीएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णय: चिकित्सा शिक्षा आयोगको बैठक


  •    संवाददाता अल्चना श्रेष्ठ/ मङ्गलबार, असार ०४, २०८१  

  • काठमाडौं— राष्ट्रिय चिकित्सा शिक्षा आयोगले झापाको बीएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णय गरेको छ। मंगलबार बालुवाटारमा बसेको आयोगको बैठकले यो निर्णय गरेको हो।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बसेको आयोगको बैठकमा प्रस्तावित बीएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णय लिइएको हो। आयोगका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले सम्बन्धनको प्रस्ताव गरेका थिए।

    सर्वोच्च अदालतले यसअघि बीएन्डसीलाई सम्बन्धन दिन परमादेश जारी गरिसकेको थियो। अदालतको परमादेशअनुसार निर्णय गरिएको बैठकमा सहभागी एक सदस्यले जानकारी दिए।

    बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादव र शिक्षा मन्त्री सुमना श्रेष्ठ पनि सहभागी थिए। आयोगको १४औं बैठकको मुख्य एजेन्डा बीएन्डसीको सम्बन्धनको विषय थियो।

    सर्वोच्च अदालतले जेठ २४ गते काठमाडौं विश्वविद्यालय र चिकित्सा शिक्षा आयोगलाई १५ दिनभित्र बीएन्डसीलाई सम्बन्धन दिन आदेश दिएको थियो। त्यसपछि काठमाडौं विश्वविद्यालय कार्यकारी समितिको जेठ २७ गते बसेको बैठकले चिकित्सा शिक्षा आयोगलाई सम्बन्धन दिन सिफारिससहितको पत्र पठाएको थियो।

    बीएन्डसी मेडिकल कलेजले २०६४ सालमा शिक्षा मन्त्रालयबाट आशय पत्र प्राप्त गरी पूर्वाधार निर्माणलगायत मेडिकल कलेज सञ्चालनको पूर्वतयारी गर्दै आएको थियो। सम्बन्धन नपाएपछि बीएन्डसी सञ्चालक दुर्गा प्रसाईं सर्वोच्च अदालत गएका थिए।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    हावाहुरीसहित वर्षा–पहिरो र चट्याङका कारण १६ वटा भेडाबाख्रा मरेका र ३८ वटा भेडाबाख्रा बेपत्ता
    बाके भेरीअस्पताल चिकित्सकलाई खुट्टा काटने र मार्ने धम्की दिएका पत्रकार कुशल दर्लामीलाई नियन्त्रणमा
    सुकुम्बासी बस्तिमा सेनाका बुटहरु बजारेर चीत्कार नियन्त्रण लिने कोसिस हुदैछ यो सरकार
    ताजा अपडेट
    • हावाहुरीसहित वर्षा–पहिरो र चट्याङका कारण १६ वटा भेडाबाख्रा मरेका र ३८ वटा भेडाबाख्रा बेपत्ता
    • बाके भेरीअस्पताल चिकित्सकलाई खुट्टा काटने र मार्ने धम्की दिएका पत्रकार कुशल दर्लामीलाई नियन्त्रणमा
    • सुकुम्बासी बस्तिमा सेनाका बुटहरु बजारेर चीत्कार नियन्त्रण लिने कोसिस हुदैछ यो सरकार
    • ती नेपाली कहाँ थिए र ती त सुकुमबासी पो थिए ! ती मान्छे कहाँ थिए र ??? ती त सुकुम्बासी पो थिए :हर्क साम्पाङ
    • दाङमा वर्षौंदेखि कब्जामा रहेका सरकारी तथा सार्वजनिक जग्गा फिर्ता ल्याउने तयारी

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.