• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, बैशाख १६, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

पूर्वराष्ट्रपति भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्कने चर्चा: पार्टीभित्र दुईथरी मत


  •    संवाददाता अल्चना श्रेष्ठ/ मङ्गलबार, असार ०४, २०८१  

  • काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्कने चर्चा चलिरहेको बेला पार्टीभित्र दुईथरी प्रतिक्रिया देखिएको छ। एकथरीले भण्डारीको सम्भावित पुनरागमनलाई स्वाभाविक मानेर उत्साहित देखिएका छन् भने अर्कोथरीले यसलाई सहजै विश्वास गर्न नसकिने बताइरहेका छन्।

    दुई कार्यकालमा झन्डै साढे सात वर्ष राष्ट्रपतिको जिम्मेवारी सम्हालेर २०७९ फागुन २९ गते शीतल निवास छाडेपछि बुढानीलकण्ठस्थित निजी निवासमा बस्दै आएकी भण्डारी, एमालेका विभिन्न कार्यक्रमहरूमा सहभागी हुँदै आएकी छिन्। यसले उनको सक्रिय राजनीतिमा फर्कने अड्कल बलियो बनेको छ।

    पछिल्ला गतिविधिहरूले धेरैलाई भण्डारी केही समयभित्रै सक्रिय राजनीतिमा फर्कने विश्वास दिलाएको छ। यद्यपि, एमालेको सदस्यता नवीकरणबारे स्पष्ट जानकारी नभएको र पार्टी नेताहरूले यसलाई पुष्टि नगरेको जनाइएको छ। संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले भण्डारीको सदस्यता नवीकरणको रिपोर्ट अझै नआएको बताए।

    पार्टीका केही नेताहरूले भण्डारीको राजनीति गर्ने चाहना भए सदस्यता नवीकरण स्वाभाविक हुने बताउँदै यसलाई अनौठो मान्न नहुने धारणा राखेका छन्। एमाले पोलिटब्युरो सदस्य कृष्ण राईका अनुसार, भण्डारीलाई पार्टीमा ल्याउने प्रयासहरू भइरहेका छन्, तर यसबारे आधिकारिक छलफल नभएको बताएका छन्।

    भण्डारीलाई अहिले नै सक्रिय बनाउँदा पार्टीमा स्पेसको समस्या हुने र केपी ओलीको आगामी कार्यकाललाई ध्यानमा राख्दै अहिलेको चर्चा अनावश्यक भएको विश्लेषण पनि गरिएको छ।

    पार्टीका नेताहरूले भने भविष्यमा भण्डारीले सक्रिय राजनीतिमा आउने निर्णय गरेमा एमालेले स्वागत गर्ने बताउँदै अहिलेका चर्चाहरूलाई हल्ला मात्र भनेका छन्। भण्डारीको निजी सचिवालयले पनि हालसम्म केही निर्णय नभएको बताएको छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    हावाहुरीसहित वर्षा–पहिरो र चट्याङका कारण १६ वटा भेडाबाख्रा मरेका र ३८ वटा भेडाबाख्रा बेपत्ता
    बाके भेरीअस्पताल चिकित्सकलाई खुट्टा काटने र मार्ने धम्की दिएका पत्रकार कुशल दर्लामीलाई नियन्त्रणमा
    सुकुम्बासी बस्तिमा सेनाका बुटहरु बजारेर चीत्कार नियन्त्रण लिने कोसिस हुदैछ यो सरकार
    ताजा अपडेट
    • हावाहुरीसहित वर्षा–पहिरो र चट्याङका कारण १६ वटा भेडाबाख्रा मरेका र ३८ वटा भेडाबाख्रा बेपत्ता
    • बाके भेरीअस्पताल चिकित्सकलाई खुट्टा काटने र मार्ने धम्की दिएका पत्रकार कुशल दर्लामीलाई नियन्त्रणमा
    • सुकुम्बासी बस्तिमा सेनाका बुटहरु बजारेर चीत्कार नियन्त्रण लिने कोसिस हुदैछ यो सरकार
    • ती नेपाली कहाँ थिए र ती त सुकुमबासी पो थिए ! ती मान्छे कहाँ थिए र ??? ती त सुकुम्बासी पो थिए :हर्क साम्पाङ
    • दाङमा वर्षौंदेखि कब्जामा रहेका सरकारी तथा सार्वजनिक जग्गा फिर्ता ल्याउने तयारी

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.