नेपाल विद्यार्थी संघ, अनेरास्ववियु क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैठौं इन्धनको मूल्यवृद्धि विरुद्ध केही दिनयता आन्दोलन चर्काएका थिए । बुधबार आन्दोलनका क्रममा विद्यार्थी संगठनले पेट्रोल पम्प नै बन्द गराएका थिए ।
निगमले* बुधबार राति १२ बजेदेखि कार्यान्वयन हुनेगरी पेट्रे*ल, डिजेल र मट्टीतेलको मूल्य 8एक–एक रुपयाँ घटाएको हो ।
‘अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर बढी रहेको र सोको कारणले निगमको लागत बढी रहेको परिपेक्षमा निगमको आर्थिक स्थिति उकास्न पेट्रोलियम पदार्थको मूल्यलाई समायोजन गर्दै लानुपर्ने बाध्यतालाई सबै पक्षले बुझ्नु हुनेछ’, प्रवक्ता उपाध्यायले भने, ‘निगमलाई स्वचालित मूल्य प्रणा*लीमा लैजान सहयोग गर्नुहुनेछ भन्ने निगमले *विश्वास लिएको छ ।’