कृष्ण आचार्य,
१७ असार पोखरा
29 तारिख को दिन जनउद्दार केन्द्र ले खरिद गरिएको २८ लाख रुपैयाँ बराबरको ६५ थान मोबाईल भेण्टिलेटर नेपाल आइपुगेको छ

नेपाल भित्रिईसकेपछि आजै जनउद्धार केन्द्र मलेसियाका नेपाल प्रतिनिधि मुकुट रायमाझी र बरिष्ठ हास्य कलाकार कलाकार मनोज गजुरेलमार्फत स्वास्थ तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरिएको छ ।
मलेशिया देखि अथक प्रयास पछि, अहिलेको प्रतिकुल अबस्थामा पनि जनउद्धार केन्द्र मलेसियाले ६५ थान मोबाईल भेन्टिलेटर हंकङ्ग हुँदै नेपाल पठाउन सफल भएको छ र आजै हाम्रा नेपाल प्रतिनिधि मुकुट रायमाझी र कलाकार मनोज गजुरेल मार्फत नेपाल सरकार स्वास्थ तथा जनसंख्या मन्त्रालय मा हस्तान्तरण गरिएको छ । । साथै सम्पूर्ण सहयोगी मन हरुमा हार्दिक नमन व्यक्त गर्दछौ । जन उद्धार केन्द्र