दुखेको मन
यतिबेला बेचैनी यो मन
असाध्यै अपुर्ण भएर दुखेको छ
झल्झल्ती आँखाका आएका ती बस्तीहरु
फेरि पुग्दा भेट्न पाउदिन म
मलाई आफ्नै काखमा खेल्न दिएका
त्यो चनौटे बजार ,त्यो क्युल ,त्यो तार्केघ्याङ
अनि त्यो लुकामारी खेलेको लार्के घ्याङ
मेरो अध्यारोको साथी गुराँसको लौरो
उपहार पठाउने मेरो हितैसी हेलम्बु
अनि त्यो मेलम्ची घ्याङ् ..।

मैले वारिपारि गर्दै रमेको त्यो निश्चल मेलम्ची नदी
आज बिनाशकारी अपराधी भएकी छिन
मलाई खोकिला भित्र लुकाएर
मेरो जीवन बचाउने त्यो मेलम्ची बजार
आज आफैलाइ बचाउन सकेनन्
आफैलाई लुकाउन सकेनन्
त्यो निश्चल मेलम्ची को बिस्वास लाई शंका गर्न सकेनन्
आज क्षत बिक्षत भएर रोइरहेछ मेलम्ची
चिरा चिरा परेको त्यो हेलम्बु त्यो चनौटे त्यो क्युल फाँट
आत्तिएका छन् ,त्रसित छन् सशङ्कित छन्
मलाई ती सबै बस्ती सम्म दौडेर पुग्न मन छ
तीनकै सामिप्यमा पुगेर सुमसुम्याएर रुन मन छ
तर बिडम्वना म आउन सक्दिन
तिम्रो छिया छिया भएको घाउमा मलम लगाउन सक्दिन
म सँग कुनै ब्यानर पोस्टर छैन
तिमिलाई दुखेको बेला प्रचार गर्ने
त्यसैले टाढैबाट दुखित भएर नियाली रहेछु ..!
लेखक = पूजा श्रेष्ठ 

तिमी सँगका ती दिनहरुलाइ
सम्झनामै छट्पटिएकी छु
तर तिमी सामु आउन सकिन
म सँग कुनै पोष्टर र ब्यानर छैन
एक क्लिक फोटो लिने ब्यबसायी योजना छैन
त्यसैले त प्रिय ती
सबै बस्तीहरु म आउन सकिन !!!








