• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
मङ्गलबार, बैशाख ०८, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ९ जना पक्राउ

"अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ९ जना पक्राउ "

  •     अभियान हाम्रो/ बुधबार, असोज १०, २०८०  

  • मकवानपुर, हेटौंडा उपहानगरपालिका-१४ कालिका खोल्साबाट अवैध लागूऔषध गाँजा करिब ६० केजीसहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१ चौकीटोल बस्ने ३३ वर्षीय धन बहादुर विक र मनहरी गाउँपालका-१ बस्ने ४० वर्षीय अवतार सिंह डिमडुङ रहेका छन् । उक्त खोल्सामा लागूऔषध गाँजा लुकाई छिपाई राखेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुर, ईलाका प्रहरी कार्यालय पशुपतिनगर र प्रहरी चौकी रातोमाटेबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

    यसैगरी मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध  गाँजा करिब २० केजीसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चितवन राप्ती नगरपालिका-३ बस्ने २२ वर्षीय अशोक तामाङ र ३२ वर्षीय बिसन प्रजा रहेका छन् । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पशुपतिनगर र प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले प्रदेश ३-०१-०२५ च ५७८३ नम्बरको बोलेरो गाडीलाई जाँच गर्ने क्रममा गाडीमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

    कैलाली, धनगढी उपमहानगरपालिका-४ बोराडाडीबाट अवैध लागूऔषध खैरो हेरोईन १ ग्राम १ सय ६० मिलिग्रामसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जोशीपुर गाउँपालिका-७ बस्ने २२ वर्षीय बिनय कुवँर र सोही गाउँपालिका-२ बस्ने २२ वर्षीय दिनेश रावत रहेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

    कञ्चनपुर, भिमदत्त नगरपालिका-१० ब्यारेलबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ २ ग्राम ५५ मिलिग्रामसहित सोही नगरपालिका-१९ बस्ने ३२ वर्षीय राम किशन रानालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले रानालाई साइकलमा लुकाई राखेको उक्त पदार्थसहित पक्राउ गरेको हो ।

    मोरङ, बिराटनगर महानगरपालिका-१८ लाभाघाटबाट अवैध लागूऔषध गाँजा करिब २१ किलो ५ सय ग्राम र नगद ४० हजार रुपैयाँसहित को.१ च ४६१९ नम्बरको एम्बुलेसका चालक सुनसरी धरान उपमहानगरपालिका-११ बस्ने ३८ वर्षीय गंगा सरकारलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेको उक्त एम्बुलेस र बीआर ३८ एएफ ०३३६ नम्बरको भारतीय मोटरसाइकललाई जाँच गर्ने क्रममा एम्बुलेसको डिक्कीमा राखेको उक्त गाँजा र नगद सहित एम्बुलेन्स चालक गंगालाई पक्राउ गरेको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।

    यसैगरी मोरङ, बिराटनगर महानगरपलिका-१८ लाभाघाटस्थित खेतबाट अवैध लागूऔषध  गाँजा १६ किलो ५ सय ग्राम मंगलबार राति प्रहरीले बरामद गरेको छ । उक्त खेतको परालमा वेवारिसे अवस्थामा गाँजा लुकाई राखेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बुधनगर र अस्थाई प्रहरी पोष्ट भेडियारीबाट खटिएको प्रहरीले उक्त गाँजा फेला पारी बरामद गरेको हो ।

    रूपन्देही, मायादेवी गाउँपालिका-२ माहादेवाबाट अवैध लागूऔषध खैरो हरोइन जस्तो देखिने धुलो ३३ ग्राम १ सय १० मिलिग्रामसहित सोही ठाउँ बस्ने २६ वर्षीया सन्ध्या मल्लाहलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध कारोबार भइरहेको छ भन्ने  सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो, जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय सुर्यपुराबाट खटिएको प्रहरी टोलीले उनलाई उक्त धुलोसहित पक्राउ गरेको हो । साथै सोही ठाउँ बस्ने रमई मल्लाहको घर तलासी गर्दा अवैध लागूऔषध खैरो हेरोइनजस्तो देखिने धुलो ३३ ग्राम ४ सय ८० मिलिग्राम फेला पारी प्रहरीले बरामद गरेको छ । हाल फरार रमईको प्रहरीले खोजी गरिरहेको छ ।

    यस सम्बन्धमा प्रहरील थप अनुसन्धान गरिरहेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    डडेलधुरामा भिरबाट लडेर एक महिलाको मृत्यु
    संखुवासभाको मकालु गाउँपालिकामा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु
    सिन्धुलीको ईलाका प्रहरी कार्यालय खुर्काेटकाे थुनुवा कक्षमा एक दलित युवककाे मृत्यु
    ताजा अपडेट
    • डडेलधुरामा भिरबाट लडेर एक महिलाको मृत्यु
    • संखुवासभाको मकालु गाउँपालिकामा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु
    • सिन्धुलीको ईलाका प्रहरी कार्यालय खुर्काेटकाे थुनुवा कक्षमा एक दलित युवककाे मृत्यु
    • विवाह कार्यक्रमममा विवाद हुँदा युवकको हत्या, २ जना पक्राउ
    • आज २०८३ साल वैशाख ८ गते मंगलबारको तपाइको आजको राशिफल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.