• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
मङ्गलबार, बैशाख ०८, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

कुटपिट घटनाको विरोधमा पीडित पक्षद्वारा गाउँपालिका कार्यालयमा धर्ना

"सागिनेका २८ वर्षीय सुजन थिङमाथि भएको कुटपिटको विरोधमा पीडित पक्षले असोज ८ गते गल्छी गाउँपालिका कार्यालयमा धर्ना "

  •     अभियान हाम्रो/ मङ्गलबार, असोज ०९, २०८०  

  • सामुदायिक विद्युतीकरणमा भएको चरम अनियमितताबारे न्यायिक समितिमा छलफल गरेर निस्किएका गल्छी गाउँपालिका-५, सागिनेका २८ वर्षीय सुजन थिङमाथि भएको कुटपिटको विरोधमा पीडित पक्षले असोज ८ गते गल्छी गाउँपालिका कार्यालयमा धर्ना दिएका छन् ।

    उपभोक्ताहरूको तर्फबाट छलफलमा सहभागी थिङलाई छलफल सकिएर बाहिर निस्कने बित्तिकै कुटपिट गरेकोले घाइते भइ काठमाडौँ स्थित नेपाल नेशनल अस्पतालमा उपचार भइरहेको पीडितले बताउनु भयो ।

    थिङको असोज ७ गते साँझ भएको कुटपिटका कारण टाउको, शरीर, अनुहारमा चोट तथा निलडाम भएको छ भने लुगा च्यातिएको र मोबाइल समेत फुटाइएको थियो ।

    पीडितले आफू घाइते भएपछि प्रहरीलाई खबर गरी इलाका प्रहरी कार्यालय, गजुरीमा उजुरीका लागि जानुभएको थियो । इलाका प्रहरी कार्यालय, गजुरीले राती सामान्य निवेदन लिएर पीडितलाई फर्काएको थियो । घटनामा संलग्न भएको आरोपमा गल्छी गाउँपालिका-६ का ३० वर्षीय हेम रिजाल र मधुकर भण्डारीलाई गिरफ्तार गरेकोमा असोज ७ गते नै प्रहरी कार्यालयमा बोलाएको समयमा हाजिर हुने गरी छाडेको थियो ।

    पीडितको पक्षमा काम नगरेको र आरोपितहरूलाई संरक्षण गरेको भन्दै पीडित पक्षले गल्छी गाउँपालिका कार्यालय परिसरमा धर्ना दिएका हुन् । उपभोक्ताहरूसँग रकम उठाएर काम नगरेको आरोप खेपिरहेका श्री रणकालीका सामाजिक सेवा समितिका तत्कालीन अध्यक्ष कुमार भनिने बेदबहादुर भण्डारी पक्षका मानिसहरूले कुटपिट गरेको पीडित पक्षको आरोप छ ।

    श्री रणकालीका सामाजिक सेवा समितिको नाममा रकम उठाएर गाउँलेहरूसँग सम्पर्क विहीन रहेका बेदबहादुर भण्डारीले अनियमितताबारे समाचार संप्रेशण गर्ने पत्रकार र कुरा उठाउने पीडितहरूमाथि समेत काठमाडौँ जिल्ला अदालतमा मानहानीको मुद्दा दर्ता गराएको बताइएको छ । आरोपित भण्डारीले पीडित थिङसहित अनियमितताबारे आवाज उठाउने स्थानीयहरूमाथि पनि मुद्दा दर्ता गराएका छन् । स्थानीयहरूले भने आफूलाई बचाउ गर्न अनेकन जालझेल रच्ने क्रममा स्थानीय र पत्रकारमाथि नै मुद्दा दर्ता गराएको भन्दै मुद्दा फिर्ता लिन र उठाएको रकमको सुनिश्चितता गर्न माग गरेका छन् ।

    भण्डारीले गल्छी गाउँपालिका वडा नम्बर ४, ५ र ६ सामुदायिक विद्युतीकरण गरिएको क्षेत्रमा मिटर खरिद गर्न रकम उठाएर हिनामिना गरेको आरोप छ । स्थानीयहरूका अनुसार भण्डारीले पाँच वर्षअघि समितिले ९० घरको मिटरका लागि १ हजार २ सयका दरले, ११ घरका लागि २ हजारका दरले र बाँकी ४ सय घरको २ हजार २ सयका दरले मिटर उपलब्ध गराउन कर्मचारी मार्फत २०७१ सालमा पैसा उठाएको थियो । सो रकम बारे सामुदायिक विद्युत उपभोग गरिरहेका उपभोक्ताले आफूले पाउने विद्युत मिटर नपाएपछि कुरा उठाएका हुन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    डडेलधुरामा भिरबाट लडेर एक महिलाको मृत्यु
    संखुवासभाको मकालु गाउँपालिकामा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु
    सिन्धुलीको ईलाका प्रहरी कार्यालय खुर्काेटकाे थुनुवा कक्षमा एक दलित युवककाे मृत्यु
    ताजा अपडेट
    • डडेलधुरामा भिरबाट लडेर एक महिलाको मृत्यु
    • संखुवासभाको मकालु गाउँपालिकामा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु
    • सिन्धुलीको ईलाका प्रहरी कार्यालय खुर्काेटकाे थुनुवा कक्षमा एक दलित युवककाे मृत्यु
    • विवाह कार्यक्रमममा विवाद हुँदा युवकको हत्या, २ जना पक्राउ
    • आज २०८३ साल वैशाख ८ गते मंगलबारको तपाइको आजको राशिफल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.