• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, बैशाख १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

जिल्ला अस्पतालमा डेङ्गीका बिरामी बढेपछि बेड अभाव,बिरामीलाई भुईँमै उपचार गराउनुपर्ने बाध्यता

"५० शैया क्षमताको अस्पतालमा बिरामीको चाप बढ्न थालेपछि भुईँमा राखेर उपचार गराउनुपर्ने बाध्यता "

  •     अभियान हाम्रो/ आइतबार, भदौ १७, २०८०  

  • जिल्ला अस्पतालमा डेङ्गीका बिरामी बढेपछि बेड अभावभएसँगै बिरामीलाई भुईँमै राखेर उपचार गर्नु परेको छ ।

    दैनिक १ हजार ५ सयदेखि २ हजार ५ सयसम्म बिरामी जँचाउन र उपचारार्थ आउन थालेपछि जिल्ला अस्पतालमा बेड अभाव भएको हो रहेको जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डाक्टर ज्ञानेन्द्र झाले बताउनु भयो ।

    केही बिरामीलाई औषधि र आवश्यक परामर्श दिएर घर पठाउने गरेको तर, जटिल खालका बिरामी भए भुईँमै सुताएर उपचार गर्ने गरिएको मेसु झाले बताउनु भयो । डेङ्गी, भाइरल ज्वरोलगायतका बिरामीको चाप बढेपछि अस्पतालमा १ सय शैया थप आवश्यक देखिएको अस्पतालका प्रशासन अधिकृत योगेश्वर खनालले बताउनु भयो । हालका दिनमा ५० प्रतिशतभन्दा बढी ज्वरोका बिरामी रहेको अस्पतालको बिरामी अभिलेखमा देखिन्छ ।

    साउन पहिलो सातायता अस्पतालमा उपचारार्थ आउनेको संख्या अत्याधिक बढेको मेसु ज्ञानेन्द्र झाले बताउनु भयो । सुरुमा ज्वरोले स्वास्थ्य खराब भएपनि जाँचका क्रममा अधिकांशमा डेङ्गीको लक्षण देखिएको मेसु डाक्टर झाले बताउनु भयो । स्वास्थ्य कार्यालय उदयपुरका डेङ्गी नियन्त्रण कार्यक्रम फोकलपर्सन उमेश लुइँटेलका अनुसार  साउन १ गतेदेखि भदौ १६ गतेसम्मको अवधिमा १ हजार ६७ जनामा डेङ्गीको परीक्षण गरिएको छ । परीक्षण गराएकामध्ये ५ सय ४४ जनामा डेङ्गी पोजेटिभ देखिएको लुइँटेलले बताउनु भयो ।

    त्रियुगा नगरपालिकामा २ सय ६० जनामा डेङ्गी सङ्क्रमण देखिएको छ । बेलका नगरपालिकामा १ सय ३२ जना, चौदण्डीगढी नगरपालिकामा ९१ जना र कटारी नगरपालिकामा ३९ जनामा डेङ्गी पुष्टि भएको छ । उदयपुरगढीगाउँपालिकामा एक जनामा डेङ्गी पोजेटिभ देखिएको छ । हालसम्म त्रियुगामा १ हजार १ सय ७५ जनाको परीक्षण गरिएको छ । बेलकामा ३ सय ७५जना, चौदण्डीगढीमा २ सय ५२ जना, कटारीमा ९७ जना र उदयपुरगढी नगरपालिकामा १३ जनाको परीक्षण गरिएको छ ।

    रौतामाई, ताप्ली र लिम्चुङबुङ गाउँपालिकामा भने भदौको १७ गतेसम्म डेङ्गी परीक्षण कार्य सुरु भएको छैन । रौतामाई गाउँपालिकाका अध्यक्ष वीरेन्द्र मगरले २५ दिनकी २४ वर्षीया सुत्केरी सुमित्रा मगरको भदौ ११ गते उपचारका क्रममा डेङ्गीका कारण मृत्यु भएको बताउनु भएको छ ।

    रौतामाई गाउँपालिका–७ की २४ वर्षीया मगरको उपचारका क्रममा विराटनगरमा मृत्यु भएको गाउँपालिका अध्यक्ष वीरेन्द्र मगरको भनाइ छ । स्वास्थ्य कार्यालय उदयपुरका डेङ्गी नियन्त्रण कार्यक्रम फोकलपर्सन उमेश लुइँटेलले भने गाउँपालिकाहरुमा डेङ्गीका बिरामी नभेटिएकाले चेकजाँच नगरिएको बताउनु भएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    हावाहुरीसहित वर्षा–पहिरो र चट्याङका कारण १६ वटा भेडाबाख्रा मरेका र ३८ वटा भेडाबाख्रा बेपत्ता
    बाके भेरीअस्पताल चिकित्सकलाई खुट्टा काटने र मार्ने धम्की दिएका पत्रकार कुशल दर्लामीलाई नियन्त्रणमा
    सुकुम्बासी बस्तिमा सेनाका बुटहरु बजारेर चीत्कार नियन्त्रण लिने कोसिस हुदैछ यो सरकार
    ताजा अपडेट
    • हावाहुरीसहित वर्षा–पहिरो र चट्याङका कारण १६ वटा भेडाबाख्रा मरेका र ३८ वटा भेडाबाख्रा बेपत्ता
    • बाके भेरीअस्पताल चिकित्सकलाई खुट्टा काटने र मार्ने धम्की दिएका पत्रकार कुशल दर्लामीलाई नियन्त्रणमा
    • सुकुम्बासी बस्तिमा सेनाका बुटहरु बजारेर चीत्कार नियन्त्रण लिने कोसिस हुदैछ यो सरकार
    • ती नेपाली कहाँ थिए र ती त सुकुमबासी पो थिए ! ती मान्छे कहाँ थिए र ??? ती त सुकुम्बासी पो थिए :हर्क साम्पाङ
    • दाङमा वर्षौंदेखि कब्जामा रहेका सरकारी तथा सार्वजनिक जग्गा फिर्ता ल्याउने तयारी

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.