पाेखरामा कर्माचार्य महिला समाजकाे आयाेजनामा नेवारी खाजा परिकार तालिम तथा बधाई तथा सम्मान कार्यक्रम सम्पन्न भएकाे छ ।
कार्यक्रममा वडा नं ११ का अध्यक्ष श्री प्रेम कर्माचार्य ले कर्माचार्य महिला समाजकाे लागि आफ्नाे तर्फबाट सरकारी निकायमा पहल गर्ने र कुनैपनि कर्मचार्य महिलाको लागि जस्तो सुकै समस्यामा पनि आफु तैनाथ रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । त्यस्तै, नेवा खल कास्कीका अध्यक्ष श्री अशाेक पालिखेले नेवा को सङ्ग्रहालयका लागि मन्त्री परिषदले बजेट छुटाउदिन पहल गर्नेपर्ने पालिखेले भनेका छन । उक्त कार्यक्रममा बाेल्दै विशिष्ट अतिथी मुख्यमन्त्री तथा मन्त्रीपरिषद कि प्रमुख सचिव लक्ष्मि कुमारी बस्नेतले नेवारी परिकारलाई लाेप हुन नदिन राज्यले याेजना अगाडि बडाउनु पर्ने बताइन् ।
कार्यक्रममा प्रमुख अतिथिको मन्तव्य दिदै माननीय सरस्वती गुरुङले आफुले बडी महिलाहरुका लागि काम गर्दै आएको र यस कर्माचार्य महिलालाई पनि आफ्नो मन्त्रालयबाट सिप विकास तालिम तथा महिला सशक्तिकरण तालिम को व्यबस्था गरिदिने र यस्ता तालिममा मन्त्रालयले सहयोग र साथ दिने प्रतिबद्धता जायर गरिन नेवा ल्याम पुच नेवा पत्रकार कास्की र नेवा खलक कास्की लाई सम्मान पनि कर्मचार्य महिला समाज कास्किले सम्मान गरेको थियो र १दिने तालिम मा कार्यक्रमकाे अध्यक्षता कर्माचार्य महिला समाज, कास्की कि अध्यक्ष श्री रेखा कर्माचार्यले गरेकि हुन भने सन्चालन सचिव अन्जु कर्माचार्यले गरेकि थिईन ।








