• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, बैशाख १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

आकाश अधिकारी द्वारा लिखित कविता :- क्रम भंग

"आकाश अधिकारी द्वारा लिखित कविता :- क्रम भंग  "

  •    अभियान हाम्रो डट कम/ बिहिबार, फागुन १८, २०७९  

  • भाग-१ (क)
    घरमा
    हजुरबुबा, हजुरआमा
    आमा, बुवा
    काका हुनुहुन्थ्यो
    र त
    म सबैको प्यरो थिए!
    ……××……
    सानो छदा!
    बाँ काका र गाउँले मिलेर
    काधमा राखेर
    हजुरबुबालाई कतै लगे पछि
    हजुरबुबा
    अहिलेसम्म घरमा फर्केर
    आएका छैन!
    ……××……
    बर्ष दिन नपुग्दै!
    हजुरआमा बिरामी भएर थलिनु भयो
    अन्ततोगत्वा
    हजुरआमालाई पनि
    बाँ ,काका र गाउँले मिलेर
    कहिँ लैजानु भयो।
    उहाँ पनि फर्की आउनु भएन।
    …××……
    केहि बर्षपछि!
    काकाको बिहे भयो।
    काका!
    काकी लिएर सहर पस्नु भयो।
    घरजग्गा किनेर उतै बस्नु भयो!
    यत्तिका समय भयो
    एकपटक पनि
    आउनु भएको छैन!
    ……××……
    म
    हुर्केर ठुलो भए!
    आमा!
    दमको रोगी हुनुहुन्थ्यो!
    बाँ ले
    रक्तचापको औषधि खानु हुन्थ्यो!
    आमा बिरामी भएपछि
    बाँ ले अस्पताल लैजानु भयो!
    अस्पताल पुगेपछि
    आमा अस्ताउनु भयो
    बाँ अतालिएर ढल्नु भयो ।
    सगै गएको
    “म”
    एक्लै घरमा फर्किए
    न बाँ साथमा फर्कनु भयो!
    न त आमा नै साथमा आउनु भयो।
    दुबै जना
    उतै अस्ताउनु भयो।
    ……××………
    भाग -२ (ख)
    बिहे भयो
    छोराछोरी भए
    हुर्किए बढे र पढे!
    पढनकै लागी
    परदेश गए
    उतै बिहे गरेर घरजम गरे
    र उतै रमाएर बसें!
    बर्षौंभयो
    न छोरा फर्कियो!
    न छोरी फर्किन!
    ……××……
    घर धन्दा
    मेलापात भन्दा भन्दै
    उमेर गयो बैंश गयो!
    छोराछोरी पढाउदा लागेको
    ॠण तिर्न
    र
    पैसा कमाउन
    “उ”
    खाडी गयो।
    …..××……
    मेरो
    खसम
    घर,परिवार र देश छाडेर
    खाडी गएको छ महिना भयो!
    गएपछि कोही फर्केको
    इतिहास छैन दुनियाँमा।
    तर!
    उ
    फर्केर आएको छ!
    क्रम भंग गरेर
    रातो बाकसमा।
    ~आकाश अधिकारी – तनहुँ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    हावाहुरीसहित वर्षा–पहिरो र चट्याङका कारण १६ वटा भेडाबाख्रा मरेका र ३८ वटा भेडाबाख्रा बेपत्ता
    बाके भेरीअस्पताल चिकित्सकलाई खुट्टा काटने र मार्ने धम्की दिएका पत्रकार कुशल दर्लामीलाई नियन्त्रणमा
    सुकुम्बासी बस्तिमा सेनाका बुटहरु बजारेर चीत्कार नियन्त्रण लिने कोसिस हुदैछ यो सरकार
    ताजा अपडेट
    • हावाहुरीसहित वर्षा–पहिरो र चट्याङका कारण १६ वटा भेडाबाख्रा मरेका र ३८ वटा भेडाबाख्रा बेपत्ता
    • बाके भेरीअस्पताल चिकित्सकलाई खुट्टा काटने र मार्ने धम्की दिएका पत्रकार कुशल दर्लामीलाई नियन्त्रणमा
    • सुकुम्बासी बस्तिमा सेनाका बुटहरु बजारेर चीत्कार नियन्त्रण लिने कोसिस हुदैछ यो सरकार
    • ती नेपाली कहाँ थिए र ती त सुकुमबासी पो थिए ! ती मान्छे कहाँ थिए र ??? ती त सुकुम्बासी पो थिए :हर्क साम्पाङ
    • दाङमा वर्षौंदेखि कब्जामा रहेका सरकारी तथा सार्वजनिक जग्गा फिर्ता ल्याउने तयारी

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.