रबीन्द्र माकाजू
पदमराज ढकाल – पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति । कुलपति भएपछि पोखरामा मात्रै होइन, पोखरा परिपरि अनि नेपालको साहित्यिक क्षेत्रमा उनलाई नचिन्ने नजान्ने माछे को होलान र ? साहित्यकार ढकाल साहित्यमा रुचि राख्ने मान्छे भएता पनि मूलतः उनी लोक गायक हुन् । उनी लोक भाषामा गीत पस्कन सिपालु छन् । उनले थुपै्र साहित्यिक ग्रन्थ सृजना गरेका छन् । पेशाले मास्टर हुन् ।
वि.सं. २०२० साल माघ १८ गते जन्मिएका कुलपति ढकालको जन्म थलो पोखरा ३१ हो भने उनका पिता र माता हुन् चन्द्रकान्त र मधुमाया ।
२०५१ सालमा ढकालले उठ्ने लौ बेला आयो बोलका गीत आफ्नै स्वरमा रेकर्ड गर्न सफल भए । त्यसपछि उनले ०५४ सालमा पहिलो लोक दोहोरी गीतका क्यासेट निकाले । त्यसपछि क्यासेट निमाल्ने क्रम शुरु भयो । हेर्दाहेर्दै १ दर्जन जति आफ्ना र सामूहिक रूपमा क्यासेट निकाले । उनका गीतहरु कर्णप्रिय हुन्छन् ।
पृथ्वी नारायण क्याम्पसबाट वि.ए.सी. को पढाई पुरा गरेपछि उनी जागिरको शिलशिलामा विभिन्न स्कुल चाहर्दै शुरुमा उनी कास्कीको मिजुरेमा पुगे । त्यस पछि पोखराको ह्याप्पी स्कुलमा पढाए । अनि त्यसपछि पुगे माझठानाको रत्नशोमाको मा.वि. मा । अनि त्यहाबाट उनी बेगनासतालको अमरसिंह मा.वि.मा शिक्षक भए । ०५२ सालमा आफ्नै विद्यालय हुनुपर्छ भन्ठानेर साथीहरुसँग मिलेर ग्लोबल कलेजियट स्कुल स्थापना गरे । अहिले यो विद्यालयले विशाल रुप लिएको छ । स्कुलका अन्य सस्ंथापकमा बाबु राम पन्त र नन्दलाल त्रिपाठी छन् । हाल उनी विद्यालयका सहप्राचार्यका रूपमा कार्यरत छन् ।
ढकाल पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति भएपछि उनले पोखराको साहित्य कला संगीत संस्कृतिको विकासमा धेरै समय खर्चेका छन् । प्राय पोखरामा हुने यस्ता गतिविधिमा ढकाल सधैँ मञ्चमा देखा पर्छन् । ढकाल लेखनाथ साहित्यिक प्रतिष्ठानका अध्यक्ष र अलिमिँया वाङमय प्रतिष्ठानका सचिव पनि हुन् । उनी प्रगतिशिल लेखक संघ, हिमाली सांस्कृतिक परिवार लगायत संस्थामा आवद्ध छन् । उनले धेरैपटक एकल कविता तथा गायन (वाचन) गरेका छन् । उनले थुप्रै मानसम्मान पुरस्कार पनि हात पारेका छन् । उनले २०६० सालमा अलिमिँया लोक वाङमय पुरस्कार पाएका थिए । त्यस्तै उनी ०७० सालमा राष्ट्रिय प्रतिभा पुरस्कार पनि पाए । यो क्रम अझै रोकिएको छैन ।
रबीन्द्र माकाजूको वाल बाट जस्ताको तेस्तै साभार








