प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग राष्ट्रपतिबारे छलफल गर्न देउवा बालुवाटार पुगेका हुन् ।
यसअघि नै कांग्रेस उपसभापति पूर्णबहादुर खड्का बालुवाटार पुगिसकेका छन् ।
सचिवालय बैठकलगत्तै नेकपा एसका अध्यक्ष माधव नेपालसहित महासचिव वेदुराम भुसाल, घनश्याम भुसाल र प्रवेश हमाल देउवा निवास पुगेका थिए ।
बैठकमा कांग्रेसको तर्फबाट सभापति देउवासँगै वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापालगायतका नेताहरु सहभागी थिए ।








