• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, फागुन २७, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

सिक्दै, कमाउँदै कार्यक्रम प्रभावकारी

"सिक्दै, कमाउँदै कार्यक्रम प्रभावकारी "

  •    रासस/ मङ्गलबार, फागुन ०९, २०७९  

  • म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ बिमको किसानी प्राविधिक शिक्षालयमा सञ्चालित सिक्दै, कमाउँदै कार्यक्रम प्रभावकारी बनेको छ। विद्यालयमा सैद्धान्तिकसँगै व्यावहारिक ज्ञान सीपका साथै विद्यार्थीले पशुपक्षीपालन र तरकारी खेती गरेर आम्दानी गरेका हुन्।

     

    बाली र पशु विज्ञान विषयका डिप्लोमा तहको पठनपाठन सञ्चालन गरेको शिक्षालयका प्रमुख करन कँडेलले सिक्दै र कमाउँदै कार्यक्रम प्रभावकारी बनेको बताए। ‘विद्यार्थीलाई सैद्धान्तिकका साथै व्यवहारिक हिसाबले खेती र पशुपालनमा सहभागी गराउँदा सिक्न सहज भएको छ,’ उनले भने, ‘प्रयोगात्मक अभ्यासका लागि गरेको पशुपक्षीपालन र तरकारी खेतीबाट आम्दानी पनि गरेका छन्।’

    पशु र बालीविज्ञान विषय पढ्ने विद्यार्थीले आलु, बन्दा, काउली, च्याउ खेतीका साथै हाँस, कुखुरा, बाख्रा, खरायो र बङ्गुर पालेका छन्। एक सयभन्दा बढी विद्यार्थीले सामूहिक रुपमा तरकारी र पशुपक्षीपालन गरेका हुन्। स्थानीय जातको कुखुरापालनबाट खर्च कटाएर ४० हजार आम्दानी भएको किसानी माविको सिक्दै कमाउँदै कार्यक्रमका संयोजक सामेल पाण्डेले बताए।

    प्रयोगात्मक अभ्यासका लागि मौसमी र बेमौसमी तरकारी विद्यार्थीले आफै उपयोग गर्न पाएका छन्। उत्पादन भएको तरकारी, पशुपक्षी बिक्री वितरणको काम विद्यार्थी आफैंले गर्छन्। बिम गाउँका साथै दरवाङ र बेनीसम्म तरकारी, खसी, बङ्गुर, कुखुरा र हाँस बिक्री हुने गरेको छ।

    गोठ र खेतबारीमा प्रयोगात्मक अभ्यास गर्दा शिक्षकले पढाएको सिक्न र बुझ्न तथा सम्झन सजिलो हुने विद्यार्थी सन्ध्या सुवेदीले बताइन्।

    १५ रोपनीमा आलु रोपेका विद्यार्थीले हाल केन्य र गोब्रे जातको च्याउ उत्पादन गरेका छन्। विद्यालयले बीउ, मल र विषादीको व्यवस्थापन गरेको छ। तरकारी र पशुपक्षी बिक्रीको आम्दानी खर्च कटाएर विद्यार्थीले बाँड्ने गरेका छन्।

    तरकारी खेती र पशुपक्षीपालनका लागि विद्यालयलाई युवा स्वरोजगार कोषले पाँच लाख उपलब्ध गराएको थियो। यसवर्ष गण्डकी प्रदेशको सामाजिक तथा स्वास्थ्य मन्त्रालयले पाँच लाख विनियोजन गरेको छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    ​विचारको सारथी: नेपाली राजनीतिमा प्रचण्ड र कम्युनिस्ट आन्दोलनको प्रभाव
    निर्वाचनमा ‘एल्गोरिदम’ को जालो: के हामी डिजिटल भ्रमको शिकार भयौँ?
    सुनिता श्रेष्ठ द्वारा लिखित देश प्रेमी कबिता ‘ कति राम्रो हाम्रो देश ‘
    ताजा अपडेट
    • ​विचारको सारथी: नेपाली राजनीतिमा प्रचण्ड र कम्युनिस्ट आन्दोलनको प्रभाव
    • निर्वाचनमा ‘एल्गोरिदम’ को जालो: के हामी डिजिटल भ्रमको शिकार भयौँ?
    • सुनिता श्रेष्ठ द्वारा लिखित देश प्रेमी कबिता ‘ कति राम्रो हाम्रो देश ‘
    • बलात्कारपछि हत्या गरेको आरोपमा चार किशोर पक्राउ
    • नेपालका निर्वाचन: पहिले र अहिलेको तुलनात्मक विश्लेषण

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.