• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, फागुन २७, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

पोखरालाई सिँगार्ने कलाकार केदार पालिखे


  •    संवाददाता/ बिहिबार, फागुन ०४, २०७९  

  •       पोखरा स्वयम्मा एक सुन्दर पर्यटकीय शहर हो र एक अनुपम सिर्जना पनि । यहाँका हिमाल, पहाड, तालतलैया, नदी नाला वन पाखा सबै सुन्दर छन् । लाग्छ– यहाँका वस्तीहरु मनहरु झनै सुन्दर छन् । यहाँका मठमन्दिर, गुम्बा विहारहरू मनमोहक र लोभलाग्दा छन् । अनि यहाँका सर्जकहरु झनै सिर्जनशील र आशा लाग्दो, प्रेरणादायी पनि छन् भन्दा फरक पर्दैन । यही सुन्दरतालाई रंगबाट पोत्ने गरेका एक वरिष्ठ कलाकार हुन्– केदारमान पालिखे ।
    वि.सं. २०१५ साल मार्ग २९ महिनामा पोखराको पालिखेचोकमा पिता इन्द्रमान माता थलकुमारीका पहिलो सन्तानका रूपमा जन्मिएका कलाकार पालिखे विशेष गरी पीपलका पातमा मनमोहक चित्र कोर्न खप्पिस छन् ।
                 नेपालमा पात प्रेमी कलाकारका रूपमा परिचित पालिखे अन्य चित्र कोर्न पनि त्यतिकै सिपालु छन् ।
    धेरै वर्ष नेपाल बैंकको जागिरे भएका पालिखे बिहान, बेलुकी गोपाल आर्ट, खेमनारायण श्रेष्ठ, दुर्गा बरालको कुरा सुन्थे । उनीहरुले कोरेका चित्रहरु हेरेर दंग पर्दथे । उनी नेपाल ललितकला संस्था (नाफा) को पोखरा शाखामा केही समय कार्यरत थिए । पालिखेले त्यस बेला सोचे । म बेग्लै खालको कला सिर्जना सक्दछु ।
    पिपलको पातमा उनले पोखराको सौन्दर्यता थपे । उनले त्यहाँ माछापुच्छ«े हिमशृङ्खलासँगसँगै फेवाताललाई एकै ठाउँमा राखेर सजाए । उनका हजारौँ चित्रहरु अहिले पर्यटकका लागि नेपाली उपहार भएका छन् । वास्तवमा उनले आफ्नो कला मात्र प्रस्तुत गरेका छैनन् पोखराको सौन्दर्यतालाई पनि विश्वका कुना कुना सम्म पु¥याएका छन् ।
          उनको कला सम्बन्धमा आफ्नै कथा र व्यथा छन् । उनी आफ्नो भावना यसरी पोख्दछन्– पातमा चित्र तयार गर्न सजिलो छैन । नदोब्रिएका पात चार महिनासम्म रसायन पानीमा ढडाउनु पर्छ । त्यसपछि त्यसलाई खोलामा धुँदा पातमा रेशामात्रै बाँकी रहन्छ । त्यो रेशालाई शीतलमा सुकाउने । किताब, कापीको बीचमा राखेर सुकाउने । अनि त्यसमाथि कुची खेलाउने । चित्र बनिसकेपछि त्यसलाई नेपाली कागजमाथि टाँसिदिने । बस तयार भयो चित्र । पात खोज्न पनि अलिकति दुःख त गर्नै पर्छ । स्याङ्जा, जैमरी, सराङकोट, हेम्जा, काहुँखोला लगायतका चौतारीमा पुग्छु ।
               उनले बिस वर्षको उमेरमा यो कला साथी जुम गुरुङसँग सिकेका हुन् । उनी अहिले यस विधामा निकै चर्चित छन् । जति चित्र कोरे पनि ग्राहकको माग पूरा गर्न सकेका छैनन् । भ्याइ नभ्याइ छ । उनको जीवनचर्या यसेमा बित्ने गरेको छ । उनको योगदानलाई सम्बन्धित क्षेत्रले मूल्याङ्कन गरेर मान सम्मान पुरस्कार दिएका छन् । पालिखे भन्दछन्– म लिफ आर्टमा व्यस्त छु । मलाई यस कलाले नाम पनि दिएको छ अनि दाम पनि । पोखरेली युवा सांस्कृतिक परिवारमा संलग्न पालिखे सिर्जनशील कलाकार समूह – २०७४।०७५ मा उपाध्यक्ष थिए । २०३७ सालतिर नाफाद्वारा आयोजित पश्चिमाञ्चल क्षेत्रीय स्तरको प्रतियोगितामा प्रथम पुरस्कार हात पारेका पालिखेले कलाकारिता सम्बन्धमा आफ्नो धारणा राख्दछन् – कला भनेको आत्म सन्तुष्टि र समाजलाई खुसी र उमङ्ग प्रदान गर्ने माध्यम हो । उनलाई पोखराका प्रायः सबै कलाकार मन पर्छ भने उनी दुर्गा बराल, गोपाल श्रेष्ठ, विश्व शाक्य, यादव चन्द्र भुर्तेल, रमेश श्रेष्ठ, बुद्धि गुरुङ लगायतका कलाकारप्रति सम्मान व्यक्त गर्दछन् । उनको धारणा छ– पोखरेली कलाकारहरू जन्माउने हो भने पोखरामा ललितकला सम्बन्धी शिक्षण संस्थाको आवश्यकता छ । त्यस तर्फ सरकारको ध्यान जानु आवश्यक छ ।
    रिडीका रेणुसँग बैवाहिक सम्बन्ध गाँसेका कलाकार केदारका ३ सुपुत्र छन् । उनीहरुले पनि कला क्षेत्रलाई प्रोत्साहन गर्ने गरेकोमा पालिखे सन्तुष्टता व्यक्त गर्न पछि पर्दैनन् ।
                  रवीन्द्र माकाजूको  वाल बाट जस्ताको तेस्तै
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    निर्वाचनमा ‘एल्गोरिदम’ को जालो: के हामी डिजिटल भ्रमको शिकार भयौँ?
    सुनिता श्रेष्ठ द्वारा लिखित देश प्रेमी कबिता ‘ कति राम्रो हाम्रो देश ‘
    बलात्कारपछि हत्या गरेको आरोपमा चार किशोर पक्राउ
    ताजा अपडेट
    • निर्वाचनमा ‘एल्गोरिदम’ को जालो: के हामी डिजिटल भ्रमको शिकार भयौँ?
    • सुनिता श्रेष्ठ द्वारा लिखित देश प्रेमी कबिता ‘ कति राम्रो हाम्रो देश ‘
    • बलात्कारपछि हत्या गरेको आरोपमा चार किशोर पक्राउ
    • नेपालका निर्वाचन: पहिले र अहिलेको तुलनात्मक विश्लेषण
    • एक किशोरीलाई ४ वर्षसम्म न’ग्न भिडियो देखाएर ब्ल्या’कमेल र ब’लात्कार गरेको आरोपमा ३५ वर्षीय टेकेन्द्र शाहीविरुद्ध मुद्दा दायर

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.