सोलुखुम्बुको समग्र विकास, सुशासन र समृद्ध भविष्यको स्पष्ट खाका लिएर चुनावी मैदानमा उत्रिनुभएका नेपाली कम्युनिस्ट पार्टी सोलुखुम्बुका प्रत्यक्ष उम्मेदवार असिम राई ले तारा चिन्हमा मतदान गर्न सम्पूर्ण मतदातासमक्ष हार्दिक अपिल गर्नुभएको छ।
उहाँको भनाइ अनुसार, सोलुखुम्बुको भाग्य र भविष्य कुनै संयोगले होइन, सचेत निर्णय र दृढ नेतृत्वले कोरिन्छ। विगतमा स्थानीय तहमा नेतृत्व सम्हाल्दै विकासका आधारभूत पूर्वाधार, स्वास्थ्य, शिक्षा र सडक विस्तारमा देखिएको उपलब्धिलाई अझ व्यापक र दीगो बनाउने प्रतिबद्धतासहित उहाँ जनतामाझ आउनुभएको छ।
उहाँले जोड दिनुभएको छ—“सोलुखुम्बु केवल प्राकृतिक सौन्दर्यको धनी जिल्ला मात्र होइन, सम्भावनाको खानी हो। अब हामीले राजनीतिक स्थिरता, पारदर्शिता र दिगो विकासको मार्ग रोज्नुपर्छ। तारा चिन्हमा पर्ने हरेक मत सोलुखुम्बुको उज्ज्वल भविष्यको रेखा हुनेछ।”
असिम राईले युवाहरूलाई रोजगारी सिर्जना, कृषिको आधुनिकीकरण, पर्यटन प्रवर्द्धन र गुणस्तरीय स्वास्थ्य–शिक्षा सेवाको विस्तार आफ्नो प्राथमिकता रहेको बताउनुभएको छ। साथै, सामाजिक सद्भाव, समानता र समावेशितालाई मजबुत बनाउँदै समृद्ध सोलुखुम्बु निर्माण गर्ने दृढ अठोट व्यक्त गर्नुभएको छ।
त्यसैले, सिङ्गो सोलुखुम्बुवासी जनताले आफ्नो अमूल्य मतलाई परिवर्तन, प्रगति र समृद्धिको आधार बनाउँदै धारा चिन्हमा मतदान गरी जिल्लाको भाग्य र भविष्यको रेखा कोर्न ऐतिहासिक निर्णय लिनुपर्ने उहाँको भावपूर्ण आग्रह रहेको छ।








