• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शनिबार, बैशाख १२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

फिरौती माग्ने १० नेपाली पक्राउ


  •    अभियान हाम्रो/ शुक्रबार, फागुन ०४, २०८०  

  • भारतीय नागरिकहरूलाई नेपाल हुँदै अमेरिका पठाइदिने भन्दै नेपालमा ल्याएर बन्धक बनाई फिरौती माग्ने कार्यमा संलग्न १० जना आरोपितलाई जिल्ला प्रहरी परिसर र प्रहरी वृत्त, गौशालाको प्रहरीले फागुन २ गते गिरफ्तार गरेको छ ।

    प्रहरी गिरफ्तारीमा पर्नेहरूमा भारतको मध्य प्रदेशका ५८ वर्षीय ईन्दु सिंह यादव, नयाँ दिल्लीका ५४ वर्षीय अब्दुल रहिम, सोही ठाउँका ४२ वर्षीय चरण जित सिंह, पञ्‍जाबका ३८ वर्षीय अशोक कुमार, पञ्‍जाब ४७ वर्षीय मनिष कुमार मलहोत्रा, मध्य प्रदेशका ३० वर्षीय रवी मेवाडे, राजस्थानका ४८ वर्षीय राम चन्द्र शर्मा, पञ्‍जाबका ५१ वर्षीय निपुन गुप्‍ता, मोरङको विराटनगर महानगरपालिका-५ का ५२ वर्षीय मोहम्मद साविर मिया र सिन्धुलीको फिक्कल गाउँपालिका-३ का ३० वर्षीय लक्ष्मण गिरी रहेका छन् ।

    भारतीय नागरिकहरूलाई नेपाल हुँदै अमेरिका पठाइदिने भन्दै नेपालमा ल्याई बन्धक बनाई गौशालास्थित एक घरमा बन्धक बनाई परिवारको सदस्यहरूसँग ४० लाखदेखि ४५ लाख भारतीय रुपियाँ फिरौती माग गरेको भन्दै प्रहरीमा  फागुन २ गते पीडित परिवारका तर्फबाट उजुरी परेको थियो ।

    सोही उजुरीको आधारमा जिल्ला प्रहरी परिसर र प्रहरी वृत्त, गौशालाबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा बन्धक बनाई राखेको अवस्थामा काठमाडौँ महानगरपालिका-९, रातोपुलबाट ११ जना भारतीय नागरिकहरूलाई समेत उद्दार गरिएको एसएसपी खत्रीले बताउनु भयो ।

    गिरफ्तारीमा परेकाहरूलाई मुलुकी अपराध संहिता, २०७४ बमोजिम तथा सङ्गठित अपराध निवारण ऐन, २०७० बमोजिम जिल्ला अदालतबाट फागुन ३ गते पाँच दिनको म्याद थप गर्दै अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रमुख एसएसपी भुपेन्द्र खत्रीले इन्सेकलाई जानकारी दिनुभयो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आज २०८३ साल वैशाख १२ गते शनिबार तपाईंको राशिफल
    आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज २०८३ साल वैशाख ११ गते शुक्रबारको राशिफल
    ताजा अपडेट
    • आज २०८३ साल वैशाख १२ गते शनिबार तपाईंको राशिफल
    • आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज २०८३ साल वैशाख ११ गते शुक्रबारको राशिफल
    • खाली चेकमा पैसा आफै भर्नुस्, समाचार नलेख्नुस् भनेका थिए: किशोर श्रेष्ठ
    • जापानमा नेपाली विद्यार्थी विवादमा: रुममेटको तरकारी चोरेको आरोपपछि नेपाल फिर्ता पठाइँदै

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.