नेकपा एमालेबाट निर्वाचित भएका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली मतदानमा सहभागी हुने सम्भावना छैन ।
सहकारीको रकम ठगी गरेको आरोपमा पक्राउ पुर्जी जारी भएका उनी हाल फरार छन् । नेपाली एमालेका तर्फबाट मेयरमा उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।
मेयर नेपाली मतदानका लागि उपस्थित भए पनि मतदान अघि नै प्रहरीले उनलाई पक्राउ गर्नेछ । त्यसैले एमालेले उनको एकमत गुमाउने छ ।








