• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, बैशाख ०९, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

एक वर्ष बितिसक्दा पनि श्रमिकले ज्याला पाउन सकेन


  •    संवाददाता/ मङ्गलबार, माघ ०९, २०८०  

  • आलिताल गाउँपालिका–७ का २० जना भन्दा बढी श्रमिकहरुले एक वर्ष वितिसक्दा समेत ज्याला पाउन  सकेका छैनन् । गत वैशाखमा मसानी मन्दिर, स्वास्थ्य भवन, भाडीखोला टतबन्ध र गौरीशंकर माविको भवन निर्माण गर्दा आफूहरुले पाउनु पर्ने ज्याला रकम एक वर्ष वितिसक्दा समेत निर्माण कम्पनीले नदिएको पीडित अमर धामीले दुखेसो पोख्नु भयो ।

    स्वास्थ्य चौकी निर्माणको जिम्मा पाएको डीआर कन्स्ट्रक्सन एण्ड बिल्डर्स र जिमदार बाबा मन्दीर निर्माण योजनामा भूमिराज निर्माण सेवाले श्रमिकहरूको ज्याला भुक्तानी नगरेको पीडित धामीको भनाइ छ ।

    उहाँले भन्नु भयो– ‘निर्माण कम्पनीले पेटी ठेकेदार सुरेन्द्र बोहरालाई जिम्मा दिएको थियो । तर, गत वैशाखमा काम सम्पन्न भएको भए पनि ज्याला पाएका छैनौँ । २० /  २२ जना श्रमिकले पेटी ठेकेदारबाट ज्याला पाउन सकेनौँ । ज्याला उपलब्ध गराइ दिन भनेर अहिले प्रहरीका उजुरी दिएका छौँ ।’

    आलिताल गाउँपालिका वडा नम्बर ७ स्थित मसानी मन्दिर, स्वास्थ्य भवन, भाडीखोला टतबन्ध र गौरीशंकर माविको भवन निर्माण कार्य सम्पन्न भएको एक वर्ष वितिसक्दा समेत ठेकेदारले ज्याला नदिएपछि ०८० माघ ५ गते आलिताल प्रहरी चौकीमा उजुरी दिएको र उजुरी दिइसकेपश्चात मात्रै ठेकेदारले एक महिना भित्र सबै श्रमिकहरुको ज्याला भुक्तानी गर्ने सहमति गरेको पीडित धामीले बताउनु भयो ।

    गाउँपालिकाका अध्यक्ष शेरसिंह पार्कीले ०८० माघ ८ गते डीआर कन्स्ट्रक्सन एण्ड बिल्डर्स र जिमदार बाबा मन्दीर निर्माण योजनालाई पत्र नै पठाएर तत्काल श्रमिकहरुको ज्याला भुक्तानी गर्न र ज्याला भुक्तनी नगरिएको खण्डमा कानुन अनुसार कारबाही गरिने बताउनु भएको छ ।

    श्रमिकहरुले ज्याला नपाएको भन्दै गाउँपालिका र प्रहरी चौकीमा उजुरी दिएपछि निर्माण कम्पनीलाई तत्काल समन्वय गरी ज्याला भुक्तानी गर्न पत्र नै पठाएको र ज्याला भुक्तानी नगरे प्रचालित कानुन बमोजिम कारबाही गरिने गाउँपालिकाका अध्यक्ष पार्कीले बताउनु भयो ।

    photo20230123dadeldhura (1)

    photo20230123dadeldhura (2)

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    डडेलधुरामा भिरबाट लडेर एक महिलाको मृत्यु
    संखुवासभाको मकालु गाउँपालिकामा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु
    सिन्धुलीको ईलाका प्रहरी कार्यालय खुर्काेटकाे थुनुवा कक्षमा एक दलित युवककाे मृत्यु
    ताजा अपडेट
    • डडेलधुरामा भिरबाट लडेर एक महिलाको मृत्यु
    • संखुवासभाको मकालु गाउँपालिकामा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु
    • सिन्धुलीको ईलाका प्रहरी कार्यालय खुर्काेटकाे थुनुवा कक्षमा एक दलित युवककाे मृत्यु
    • विवाह कार्यक्रमममा विवाद हुँदा युवकको हत्या, २ जना पक्राउ
    • आज २०८३ साल वैशाख ८ गते मंगलबारको तपाइको आजको राशिफल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.