• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
मङ्गलबार, बैशाख ०८, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

पोखरामा गौशालाको उद्घाटन : दिगो व्यवस्थापनका लागि महायज्ञ सुरु


  •    संवाददाता/ शुक्रबार, पुष २७, २०८०  

  • पोखरा, पौष
    पोखरा महानगरपालिकाको सहयोग तथा राष्ट्रिय परोपकार महासङ्घ नेपालको व्यवस्थापनमा सञ्चालित पुष्करिणी परोपकार गोकुल धाममा बुधवार देखी श्रीमद् भागवत ज्ञान महायज्ञ सुरु भएको छ । महासङ्घको १६ औँ वार्षिकोत्सवको अवसरमा आयोजित सप्ताह व्यापी ज्ञान महायज्ञको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गर्नुभएको हो ।
    महायज्ञ तथा गौशालाको उद्घाटन गर्दै प्रमुख आचार्यले गौ रक्षाको अभियानलाई सार्थक बनाउन महायज्ञ सफल हुने विश्वास व्यक्त गर्नुभयो । पोखराको सडकमा बेवारिसे अवस्थामा छाडा छोडिएका पशुचौपायहरुको उद्धार गरी संरक्षण प्रदान गरिएको गोकुल धाम (गौशाला) को दिगो व्यवस्थापनमा महायज्ञ मार्फत महत्त्वपूर्ण सहायता पुग्ने उहाँले बताउनुभयो । “बढ्दो जनघनत्वसँगै पोखरामा जथाभाबी रूपमा छोडिएका पशुचौपायका कारण सडक असुरक्षित बन्दै गइरहेको बेला ती पशुचौपायहरुको व्यवस्थापनका लागि व्यवस्थित गौशाला सञ्चालन गरिएको छ, प्रमुख आचार्यले भन्नुभयो, यसबाट सडक सुरक्षित बन्ने र यातायात व्यवस्थापनमा सहजता आउनुका साथै गौ रक्षामा टेवा पुग्नेछ ।”
    पोखरा महानगरपालिकाले छाडाचौपाय व्यवस्थापनका लागि विभिन्न प्रयत्नहरू गर्दै आइरहेको बताउँदै प्रमुख आचार्यले महानगरको अभियानमा सहयोग पुग्ने गरी व्यवस्थित गौशाला सञ्चालन गरेकोमा राष्ट्रिय परोपकार महासङ्घलाई धन्यवाद दिनुभयो । प्रमुख आचार्यले गौशाला सञ्चालनका लागि व्यवस्थापन पक्षसँग आवश्यक समन्वय र सहकार्य गर्दै आइरहेको पनि बताउनुभयो । गौशालाको दिगो सञ्चालनका लागि महानगरपालिकाको तर्फबाट सवैप्रकारको सहयोग गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो । “पोखरा अव छिट्टै नै पर्यटनको राजधानी सहर घोषणा हुन गइरहेको छ, उहाँले भन्नुभयो, गौशालालाई पनि पोखराको एक पर्यटन गन्तव्यका रूपमा विकास गरिनेछ, पोखरा आउने पर्यटकहरूलाई यहाँसम्म आउने वातावरण सृजना गरिनेछ ।” छोटो समयमा गौशालाको मुहार फेरिएकामा उहाँले खुसी समेत व्यक्त गर्नुभयो ।
    पोखरा महानगरपालिका वडा नं.१४ का वडाध्यक्ष बोध बहादुर कार्कीले १९ वर्षसम्म फोहोरको विसर्जन गरिएको क्षेत्रलाई व्यवस्थित गौशालाले थप पवित्रता मिल्ने विश्वास व्यक्त गर्नुभयो । योगी नरहरिनाथले कोटी होम समेत चलाएको उक्त क्षेत्र बात्साय ऋषिको तपोभुमि पनि भएकाले यसको ऐतिहासिक पक्षको समेत उजागर गर्दै संरक्षण, विकास र प्रवर्द्धन आवश्यक रहेको उहाँले बताउनुभयो । पोखरा १४ मा एक नयाँ आयाम थपिएको उल्लेख गर्दै उहाँले महानगरपालिकाको तर्फबाट गौशालालाई गर्नुपर्ने सम्पूर्ण सहयोग गरिनु पर्नेमा जोड दिनुभयो ।
    राष्ट्रिय परोपकार महासङ्घ नेपालका संस्थापक एवं पुष्करिणी परोपकार गोकुल धामका परिकल्पनाकार भागवत भास्कर युवा पण्डित कमलनयन गौतमले गौ माताको सेवाका लागि नैतिक शिक्षा प्रदान गर्ने उद्देश्यले महायज्ञ आयोजना गरिएको बताउनुभयो । “महायज्ञ पछि विभिन्न अवधिका शिविरहरू सञ्चालन गर्नेछौँ, विद्यार्थीहरूका लागि नैतिक शिक्षाका कक्षाहरू चलाउने छौँ, गौतमले भन्नुभयो, नैतिक शिक्षा र पूर्वीय सभ्यताको समाजमा सिञ्चित गर्ने अभियान गोकुल धामबाट सुरुवात गर्नेछौँ ।” उक्त वातायन क्षेत्र र मानपुरी महात्माले साधना गरेको पुण्य भूमि भएको उल्लेख गर्दै गौतमले महायज्ञले यसको ऐतिहासिक पक्षको समेत उजागर गर्ने बताउनुभयो ।
    मन, बचन र कर्मले गौसेवाको पवित्र कार्य गर्न उहाँले आह्वान पनि गर्नुभयो । “एकै बोरा चोकर किन नहोस्, एकै भारी पराल किन नहोस्, एकै दिनलाई पिलाउन पुग्ने पानी किन नहोस्, जे सक्नुहुन्छ, त्यही साथ सहयोग गौशाला परिसर मै भइरहेको यज्ञलाई माध्यम बनाएर सहयोग गर्न सक्नुहुनेछ, उहाँले भन्नुभयो, मन, बचन र कर्मले यसको उन्नयनका लागि यहाँहरूको सहयोग रहनेछ भन्ने विश्वास लिएको छु ।” सदिऔँ देखि चल्दै आएका संस्कार, संस्कृति र परम्पराहरू हराउँदै गएको उल्लेख गर्दै उहाँले त्यसको जगेर्नाका लागि पनि एकीकृत हुनु पर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो । गौ माताको दुर्दशा र दर्दलाई समाधान गर्न गौशाला सफल हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
    परोपकार वडा इकाई वडा नं.३१ का अध्यक्ष कृष्ण ढुङ्गानाले गौ सेवा नै संसारको सबैभन्दा पुण्य कर्म भएको उल्लेख गर्दै महानगरपालिकाको तर्फबाट उत्कृष्ट गौशाला व्यवस्थापन गरिएको प्रति खुसी व्यक्त गर्नुभयो । परोपकार अक्षयकोषदाता एवं सामाजिक व्यक्तित्व गिरा कोइरालाले गौ रक्षाका लागि परोपकार महासङ्घको अभियानलाई सबैले सहयोग गर्नुपर्ने बताउनुभयो ।
    पोखरा महानगरपालिकाको आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरियाले छाडापशुचौपायका कारण अस्तव्यस्त बनेको पोखरालाई सुरक्षित र सुन्दर बनाउने कार्यमा गौशालाले महत्त्वपूर्ण योगदान गरेको बताउनुभयो । जथाभाबी सडकमा छोडिएका पशुचौपायहरुका कारण सडक सुरक्षाको जोखिमसँगै ट्राफिक समस्या झेल्नु परेको उल्लेख गर्दै उहाँले त्यसलाई सदाका लागि समाधान गर्न व्यवस्थित गौशालाको आवश्यकता रहेकामा त्यो आज पुरा भएको उल्लेख गर्नुभयो । सडकमा पशुचौपाय आउने अवस्थाको अन्त्यका लागि पशुपालनको लगत तयार गरी स्रोत मै व्यवस्थापन गर्ने तयारी गरिएको कडरियाले बताउनुभयो ।
    माघ ४ गतेसम्म सञ्चालन हुने महायज्ञमा बिहीबारदेखि कथा वाचन प्रारम्भ हुनेछ । राष्ट्रिय परोपकार महासङ्घ नेपालका संस्थापक एवं पुष्करिणी परोपकार गोकुल धामका परिकल्पनाकार भागवत भास्कर युवा पण्डित कमलनयन गौतमले कथा वाचन गर्नुहुनेछ । महायज्ञको पहिलो दिन ८० हजार रुपैयाँ दान सङ्कलन भएको छ । गौ माताको रक्षा र गौशालाको दिगो व्यवस्थापनका लागि महायज्ञ आयोजना गरिएको महासङ्घले जनाएको छ । महासङ्घको स्थापना दिवसका अवसरमा गरिने महायज्ञ यस वर्ष भने गौशालामा आयोजना गरिएको हो ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    डडेलधुरामा भिरबाट लडेर एक महिलाको मृत्यु
    संखुवासभाको मकालु गाउँपालिकामा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु
    सिन्धुलीको ईलाका प्रहरी कार्यालय खुर्काेटकाे थुनुवा कक्षमा एक दलित युवककाे मृत्यु
    ताजा अपडेट
    • डडेलधुरामा भिरबाट लडेर एक महिलाको मृत्यु
    • संखुवासभाको मकालु गाउँपालिकामा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु
    • सिन्धुलीको ईलाका प्रहरी कार्यालय खुर्काेटकाे थुनुवा कक्षमा एक दलित युवककाे मृत्यु
    • विवाह कार्यक्रमममा विवाद हुँदा युवकको हत्या, २ जना पक्राउ
    • आज २०८३ साल वैशाख ८ गते मंगलबारको तपाइको आजको राशिफल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.