झापा ।
इलामको माई नगरपालिकामा बुबाले खुकुरी प्रहारबाट आफ्नै छोराको हत्या भएको छ । माई नगरपालिका वडा नं ६ का दिलकुमार राईले छोरा १८ वर्षीय जीवन राईको हत्या गरेका हुन् ।
सोमबार बेलुका ७ बजे घरझगडाका क्रममा ३७ वर्षीय दिलकुमारले छोरा जीवनमाथि खुकुरी प्रहार गरेका थिए ।
खुकुरी प्रहारबाट गम्भिर घाइते भएका राईलाई उपचारका लागि बीएण्डसी हस्पिटल बिर्तामोड ल्याइएको थियो । उपचारका क्रममा आज विहान ३ः२० बजे उनको मृत्यु भएको बताइएको छ ।
घटनापछि प्रहरी चौकी महमाईबाट खटिएको प्रहरीले खुकुरी प्रहार गर्ने दिलकुमारलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय इलामका प्रवक्ता डीएसपी प्रकाश जवेगुले जानकारी दिनुभयो ।








