• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, बैशाख ०७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

आर्टिफिसियल इन्टेलिजेन्समा बढ्दै लगानी


  •    संवाददाता/ बुधबार, असोज २४, २०८०  

  • गत वर्ष आर्टिफिसियल इन्टेलिजेन्स (एआई) का सफ्टवेयर उद्योगमा उल्लेखनीय लगानी वृद्धि भएको छ। लगानीसम्बन्धी अध्येता संस्था गोल्डम्यान स्यासका अनुसार एआई उद्योगमा सन् २०२५ सम्ममा करिब २ खर्ब करोड डलर लगानी पुग्नेछ।

    हालै जारी भएको ब्लुमबर्ग प्रतिवेदनका अनुसार जेनेरेटिभ एआई यस्तो महत्वपूर्ण लागनी क्षेत्रका रूपमा विस्तार भइरहेको छ कि, सन् २०३२ सम्ममा यो क्षेत्रको बजार १३ खर्बको हुनेछ।

    एआई सफ्टवेर क्षेत्रमा यस्तो लागनी ओइरिए पनि महिला र अल्पसंख्यक समुदायका प्रविधिविज्ञका लागि पर्याप्त लगानी पाउन कठिनाइ भइरहेको बताइन्छ।

    विभिन्न प्रतिवेदनले भेन्चर क्यापिटल क्षेत्रले यसबारेमा गम्भीर भएर सोच्नुपर्ने बताएका छन्। प्रविधि ज्ञानको क्षेत्रमा भइरहेको उद्यमशिलतामा पनि विविधीकरण बढाउनुपर्ने र सबै क्षेत्रका सम्भावनालाई लगानीको संकट नहुनेतर्फ विचार गरिनुपर्ने प्रतिवेदनले उल्लेख गरेका छन्।

    विश्वबजारका लगानीकर्ताले एआई क्षेत्रको बृहत्तर सम्भावनाबारे थाहा पाउनु र बुझ्न सक्नुपर्ने आवश्यकता औंल्याउँदै ब्लुमबर्ग प्रतिवेदनले यस क्षेत्रको प्रचुरताबारे अझै बढी प्रचार हुनुपर्ने बताएको छ।

    यसैबीच व्यावसायिक व्यक्तिहरूका बीचमा लोकप्रिय नेटवर्क लिंकडिनले पनि नयाँ एआई औजार प्रचलनमा ल्याएको छ। यो औजारको प्रयोगले लिंकडिन नेटवर्कका उपभोक्ताका लागि जागिरको अवसर खोज्न, बिक्री प्रवद्र्धन गर्न र बजार बढाउन थप सहज हुने बताइएको छ। यो नेटवर्कमा करिब १ विलियन प्रयोगकर्ता जोडिएका छन्।

    यसैगरी एमआइटी अनुसन्धान ल्याबले एक नयाँ एआई विकास गरी हवाई सुरक्षामा उल्लेखनीय सुधार ल्याउन सकिने उपलब्धि प्राप्त भएको बताएको छ। एयर–गार्जेयन नाम गरेको सो कार्यक्रमले हवाई दुर्घटना घटाउन ऐतिहासिक उपलब्धि प्राप्त हुने विश्वास ल्याबको छ। यस प्रविधिले पाइलटको निगरानी र निर्णय क्षमतामा थप बल पुग्नेछ।

    एआईद्वारा विभिन्न क्षेत्रको कार्यक्षमता सुधार गर्ने क्रममा गुगलले स्वाथ्यकर्मी खासगरी फिजिसियनको समय बचत हुन सहयोग पुग्ने ‘सर्च प्रोग्राम’ प्रयोगमा ल्याएको छ। यसबाट चिकित्सक र फिजिसियनहरूले बिरामीका विगतका स्वास्थ्य सम्बन्धी डिजिटल तथ्यांक सहजै थाहा पाउन सक्ने सुविधा भएको छ। साथै, बिरामीले के कस्तो उपचार प्राप्त गर्दै आएका थिए भन्ने सत्यतथ्य पनि थाहा पाउन सक्नेछन्। तर ती बिरामीको परीक्षण र उपचारसम्बन्धी तथ्यांक विद्युतीय (डिजिटल) फरम्याटमा रहेको भने हुनुपर्दछ।

    यसैबीच चीनले आफ्नो कम्पयुटिङ क्षमतालाई ५० प्रतिशतले बढाउने नयाँ योजना सार्वजनिक गरेको छ। समाचार एजेन्सी रोयटर्सका अनुसार चीनले आफ्नो कम्प्युटिङ क्षमता सन् २०२५ सम्ममा ३ सय एएफएलओपिएस पुर्याउने गरी योजना ल्याएको छ। प्रतिसेकेन्ड हुने क्वान्टिलियन फ्लटिङलाई कम्प्युटिङ क्षमताको मापदण्ड मानिन्छ। सन् २०२२ सम्ममा चीनको यो क्षमता १ सय ८० थियो भने यो वर्ष १ सय ९७ पुर्याइने छ।

    चीनमा कम्युटिङ र एआईको प्रवर्तनमा लगानी बढाउन शक्तिशाली डाटा सेन्टरहरू पनि थप गरिनेछ। चीन कम्प्युटिङ क्षमतामा अमेरिकापछि दोस्रो स्थानमा छ। नयाँ योजनामा कम्प्युटिसिनल पूर्वाधार र नेटवर्क क्षमता विस्तारलाई पश्चिम चीनमा केन्द्रित गरिने उल्लेख छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आज मिति २०८३ साल बैशाख ४ गते शुक्रबार, तपाईको आजको राशिफल
    कम्युनिस्ट पुनर्जागरणको प्रस्थानविन्दु: प्रचण्डको नेतृत्व र वाम एकता
    आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    ताजा अपडेट
    • आज मिति २०८३ साल बैशाख ४ गते शुक्रबार, तपाईको आजको राशिफल
    • कम्युनिस्ट पुनर्जागरणको प्रस्थानविन्दु: प्रचण्डको नेतृत्व र वाम एकता
    • आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    • पोखरा बुधबार साँझ सभागृह चोकमा हत्या गरिएकी ४२ वर्षीया सिर्जना पौडेल क्षेत्री दुःखान्त
    • आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.