असोज २०८०, पोखरा
गोरखा जिल्ला धार्चे गाउँपालिका वडा नम्बर ५ लब्सीबोट माछीखोला स्थायी ठेगाना भइ हाल काठमाडौं गंगबु बस्ने नानू माया कोने तमुले तमु प्ये ल्हु संघ र धार्चे गाउँपालिकाको लोगो सहितको झन्डा बोकेर मिति २०८० असोज १० गते तदानुसार २७ सेप्टेम्बर २०२३ मा दिउँसो ११:३० बजे समुन्द्री सतहदेखि ८,१६३ मिटर संसारकै आठौं अग्लो मनास्लु हिमालको सफल आरोहण गरेकी छिन ।
२०१७ अक्टोबर महिनामा मनास्लुको सफल आरोहण गरेकी नानु माया गुरुङको यो दोश्रोपटक हो ।
उनले यहि सेप्टेम्बर ११ तारीख तमु प्ये ल्हु संघको लोगो सहितको झन्डा बोकेर मनास्लु चढ्ने अठोट व्यक्त गरेकी थिइन् । सन १९१७ मे महिनामा संसारकै अग्लो शिखर सगरमाथाको सफल आरोहण गरेकी नानू माया गुरुङलाई यहि २०२३ सेप्टेम्बर ११ तारीख मनास्लु चड्ने अठोट लिएपछि तमु प्ये ल्हु संघ पोखराले पनि सफल आरोहणको शुभकामना दिंदै विदाई गरेका थिए ।
गोरखा, धार्चे गाउँपालिका वडा नम्बर ५ लब्सीबोट निवासी बाबा जित बहादुर गुरुङ र आमा पूर्ण कुमारी गुरुङको कोखबाट जन्मेकी नानू माया गुरुङले विगत ६ वर्षदेखि ट्रेकिङ क्षेत्रमा संलग्न थिए ।उनको यो साहसिक कदमले यतिबेला तमु प्ये ल्हु संघलाई गौरान्वित तुल्याउनुको साथै चौतर्फी वाह वाह र बधाईको पात्र बनेको छ ।