नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोटेश्वर नेपाल निवास पुगेका हुन् ।
नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ। एमालेले पछिल्ला राजनीतिक घटनाक्रमको समीक्षा र आगामी रणनीतिबारे छलफल गर्न असार २ गते बैठक आह्वान गरेको छ। पार्टी केन्द्रमा ओली र नेपाल पक्षबीच लडाइँ जारी रहेपनि दोस्रो पुस्ताका नेता तथा कार्यकर्ताहरूमा भने पार्टी एक हुनुपर्ने भावना देखिएको छ। सर्वोच्च अदालतले एमाले महाविधेशन कमिटीलाई मान्यता नदिएपछि पार्टी जेठ २ कै अवस्थामा पुगेको चर्चा सुरु भएको छ।
पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपीशर्मा ओलीले एमालेलाई ०७५ जेठ २ अनुसार अगाडि बढ्ने संकेत गरेका छन् । तर, नेपाल समूहले भने प्रतिनिधिसभा विघटनको मुद्दा फिर्ता लिनुपर्ने माग राख्दै आएको छ। पार्टीमा एकता कायम गर्न नेकपा एमालेको ओली-नेपाल समूहका दोस्रो तहका नेताहरु सोमबार पनि आन्तरिक छलफलमा जुटेका छन्।
केन्द्रदेखि स्थानीय तहसम्म दुई फरक समूहको कटाक्ष र लडाइँ जारी रहेका बेला बागमती प्रदेशमा दुवै पक्ष मिलेर पार्टी एकताका लागि दबाब दिएका हुन्। यसैगरी एमाले एकमत भएपछि लुम्बिनी प्रदेश सरकार अल्पमतमा रहेको भन्ने विपक्षीको दाबी असफल भएको छ। प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम बहुमतले पारित भएपछि अल्पमतको सरकार रहेको दाबी असफल देखिएको हो। विपक्षी गठबन्धनले मुख्यमन्त्री अल्पमतमा रहेको भन्दै विश्वासको मत लिनुपर्ने बताउँदै आएका थिए।
विपक्षीले एमालेका माधव नेपाल पक्षधर सांसदले विपक्षमा मत जाहेर गर्ने अपेक्षा गरेका थिए। तर, एमाले सांसदहरू एकढिक्का बनेपछि विपक्षीको नीति कार्यक्रम पारित हुन नदिने रणनीति असफल भएको हो।








