मिस्टर एण्ड मिस विश्वकर्मा इनटरकन्टीनेन्टल गण्डकी(२०२३ हुने भएको छ ।
विब्रोस इन्टरटेन्मेन्टले विश्वकर्मा समुदायको युवायुवतीहरूको प्रतिभा प्रस्फुटन गराउनका लागि यो प्रतियोगिता आयोजना गरेको शनिबार आयोजकले पोखरामा पत्रकार सम्मेलन मार्फत जानकारी गराए ।यो प्रतियोगिता गण्डकी प्रदेशमा बसोबास गर्ने विश्वकर्मा समुदायका युवायुवतीलाई लक्षित गरेर आयोजना गरिएको सौन्दर्य प्रतियोगिता भएको उनीहरूको भनाइ छ ।
विश्वकर्मा समुदायका १६ देखि २९ वर्ष उमेरका अविवाहित युवायुवतीले प्रतियोगितामा भाग लिन सक्नेछन् प्रतियोगिताको लागि फाराम खुलिसकेको छ । फाराम भर्नेहरूबिचको अडिसन मार्फत उत्कृष्ट १५ पुरुष र उत्कृष्ट १५ महिला छनोट गरेर असोजको ५ गतेदेखि १९ गतेसम्म विभिन्न चरणमा तालिम हुनेछ। तालिममा सम्बन्धित क्षेत्रका विज्ञहरूले सहजीकरण गर्नेछन् ।प्रतियोगिताको फाइनल प्रतिष्पर्धा आगामी असोज २० गते पोखरामा भव्य कार्यक्रमको आयोजना गरेर गरिनेछ। प्रतियोगिताको दुवै विधाका विजेताले उपाधि सहित नगद ५० हजार हात पार्नेछन् ।
यसका अलावा काठमाडौँमा आयोजना हुने मिस्टर एण्ड मिस विश्वकर्मा इनटरकन्टीनेन्टल सिजन थ्री मा सहभागी हुन पाउनेछन् ।यस अगाडिको श्रृङखला काठमाडौँमा मात्र केन्द्रित भए पनि यसपालि सबै प्रदेशमा प्रतियोगिता आयोजना गरेर त्यहाँबाट विजेता बनेकाहरूबिच काठमाडौँमा प्रतिष्पर्धा गराउन लागिएको आयोजकले खुलाए








