१३ वर्षीया बालिकालाई बलात्कार गरेकाे आरोपमा प्रहरीले रुकुम पश्चिम जिल्ला आठबिसकोट नगरपालिका– ६ मन्काबगरका २१ वर्षीय चिरञ्जीवी बोहोरालाई भदाै १४ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आराेपितले भदाै १२ गते बलात्कार गरेकाे आराेपमा पीडित पक्षले आराेपितविरुद्ध भदाै १४ गते जिल्ला प्रहरी कार्यालयमा दिएकाे उजुरी दिएकाे थियाे ।
आराेपितकाे कोठामा सललगायत प्रमाण पुष्टि गर्ने वस्तु भेटिएको र घटनाकाे विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी शिव बुढाथोकीले जानकारी दिनुभयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण भदौ १४ गते जिल्ला अस्पताल,डोल्पामा भएकाे थियाे ।