• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, बैशाख २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

स्वास्थ्य बिमामा औषधी र उपकरणको अभावले सेवाप्रवाहमा समस्या

"तनहुँमा कुल जनसंख्याको ३५ प्रतिशत जनता स्वास्थ्य बिमा सेवामा आवद्ध रहेका छन् । हालसम्म १ लाख १४ हजार ८ सय ८७ जना स्वास्थ्य बीमामा आवद्ध भएको स्वास्थ्य बिमा बोर्ड तनहुँले जनाए "

  •     अभियान हाम्रो/ बिहिबार, भदौ ०७, २०८०  

  • तनहुँमा कुल जनसंख्याको ३५ प्रतिशत जनता स्वास्थ्य बिमा सेवामा आवद्ध रहेका छन् । हालसम्म १ लाख १४ हजार ८ सय ८७ जना स्वास्थ्य बीमामा आवद्ध भएको स्वास्थ्य बिमा बोर्ड तनहुँले जनाएको छ ।

    तर सर्वसाधारणले प्रथम सेवा विन्दुमा विशेषज्ञ स्वास्थ्यकर्मी, औषधी र उपकरणको पर्याप्त सुविधा नहुँदा प्रथम सेवा विन्दुबाट सबै प्रकारका स्वास्थ्य सेवा लिनबाट वञ्चित भएको बोर्डका दर्ता अधिकारी सिर्जना पोख्रेलको भनाई छ । उहाँले भन्नु भयो, ‘केही अस्पतालका कर्मचारीले बिमीतले नलिएको स्वास्थ्य सेवा उपचार र औषधीको दावी भुक्तानी लिने गरेको गुनासो आएको छ । जनता सचेत भएमा फर्जी भुक्तानी दावी रोकथाम गर्न सकिन्छ ।’ कार्यालयका अनुसार व्यास नगरपालिकाका २१ हजार ७ सय २८ जना, आँबुखैरेनी गाउँपालिकाका ६ हजार ४ सय ३६ जना, बन्दीपुर गाउँपालिकाका ७ हजार ६ सय २७, भानु नगरपालिकामा ११ हजार ३ सय ४५, भिमाद नगरपालिकाका १४ हजार १ सय ६७, देवघाट गाउँपालिकाका ८ हजार ६ सय ३५ जना स्वास्थ्य बिमामा आवद्ध भएका छन् ।

    त्यस्तै घिरिङ गाउँपालिकाका ५ हजार २ सय ८१, शुक्लागण्डकी नगरपालिकाका– २८ हजार ५ सय ९७, म्याग्दे गाउँपालिकाका ७ हजार २ सय ३९ जना स्वास्थ्य बिमामा आवद्ध भएको कार्यालयले जनाएको छ । जनचेतनाको कमी र गरिबीका कारण अझै पनि ठुलो जनसंख्या स्वास्थ्य बिमामा आवद्ध हुन नसकेको दर्ता अधिकारी पोख्रेलले जानकारी दिनुभयो । तनहुँमा स्वास्थ्य बिमामा आवद्ध भएकालाई प्रथम सेवा बिन्दु ६ ओटा रहेका छन् । पुरनडिही प्राथमिक स्वास्थ्य केन्द्र भानु, भीमाद प्राथमिक स्वास्थ्य केन्द्र भिमाद, बन्दीपुर अस्पताल बन्दिपुर, जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र शुक्लागन्डकी, दमौली अस्पताल दमौली र आँबुखैरेनी अस्पताल आबुँखैरेनीबाट सर्वसाधारणले स्वास्थ्य बिमाको सुविधा पाउने गरेका छन् ।

    स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी बनाउन बिमा नीति नै बाधक रहेको दमौली अस्पतालका प्रमुख डा.परिवर्तन बरालले बताउनु भयो । बिमा पोलिसी अनुसार सरकारले आवश्यक रकम उपलब्ध नगराउँदा पर्याप्त औषधी खरिद गर्न नसकिएको उहाँले बताउनु भयो । जसकारण बिमामा आवद्ध नागरिकलाई प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउन सकिएको छैन ।’ नेपालको संविधान २०७२ को धारा ३५ मा आधारभूत स्वास्थ्य सेवालाई नेपाली नागरिकको मौलिक हकको रुपमा स्थापित गरेपछि नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउन यो कार्यक्रम लागु भएको हो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    रौतहटको कटहरिया नगरपालिकामा एक ५५ वर्षीया एकल महिलालाई बोक्सीको आरोप लगाउँदै कुटपिट र मलमुत्र खुवाउने अमानवीय कार्यमा संलग्न प्रहरीले नियन्त्रणमा
    केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना
    आज मिति २०८३ बैशाख २१ गते सोमबार तपाइको आजको राशिफल
    ताजा अपडेट
    • रौतहटको कटहरिया नगरपालिकामा एक ५५ वर्षीया एकल महिलालाई बोक्सीको आरोप लगाउँदै कुटपिट र मलमुत्र खुवाउने अमानवीय कार्यमा संलग्न प्रहरीले नियन्त्रणमा
    • केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना
    • आज मिति २०८३ बैशाख २१ गते सोमबार तपाइको आजको राशिफल
    • भ्रष्टाचारविरुद्ध ‘महासङ्ग्राम’: १० हजार भिआईपीको सम्पत्ति स्क्यान गरिँदै,
    • यो साताभर मौसममा तत्काल सुधार नआउने वर्षाको सम्भावना

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.