कञ्चनपुर भीमदत्त नगरपालिका १८ का वडाध्यक्ष माथि कुटपिट भएको छ ।
शनिबार दिउँसो भएको विवाद चर्किएपछि अध्यक्ष रविन्द्र देवकोटामाथि हातपात हुँदा उनी घाइते भएका हुन् ।अध्यक्ष देवकोटाको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय
का डीएसपी प्रकाश डाँगीका अनुसार देवकोटालाई महाकाली प्रादेशिक अस्पतालले धनगढी रेफर गरेको छ । अध्यक्ष देवकोटामाथि हातपात गर्नेविरुद्ध उनकी श्रीमतीले जाहेरी दिएकी छन् । शनिबार भएका कारण जाहेरी दर्ता हुन नसकेको डीएसपी डाँगीले बताए ।







