• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, बैशाख १६, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

हार्दिक श्रद्धासुमन सीता दाहाल सादा जीवन, उच्च विचार


  •    संवाददाता/ मङ्गलबार, साउन ०२, २०८०  

  • साभार  प्रधानमन्त्री प्रचण्ड प्रेस बिज्ञ मनहरी तिमल्सिना

    प्रकृतिको सामान्य नियम हो– दुःख गर्नेले सुखमा हक राख्छ । मेहनत गर्ने प्रतिफलका स्वाभाविक हिस्सेदार हुन्छन् । तर, सीताले दुःखपछिको सुखमा हक मागिनन्, मेहनतपछिको प्रतिफलमा व्यक्तिगत हिस्सेदारी दाबी गरिनन् । दुलहीको रूपमा प्रचण्डसँग समर्पित सीताले जीवनका हर दुःख र हर सफलताहरू पनि प्रचण्डलाई नै समर्पण गरिन् ।

    आजको व्यवस्था जनयुद्धको उपलब्धि हो । जुन जनयुद्ध प्रचण्डसहित नेतृत्वको त्याग, बलिदान र समर्पणको प्रतिफल हो । त्यसमध्येकी एक हुन्, सीता दाहाल । यस अर्थमा, संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समावेशी प्रतिनिधित्व स्थापित गर्ने सवालमा सीताको भूमिका उत्तिकै महत्त्वपूर्ण छ । अर्थात्, मुक्तिको त्यो अभियान र यो प्रतिफलमा सीताको योगदान स्मरणयोग्य छ ।

    जनयुद्धपछि माओवादीले संसदीय राजनीतिको बाटो रोज्यो । पहिलो संविधानसभामा अभूतपूर्व सफलता प्राप्त ग¥यो । त्यसयता माओवादी सत्ताभन्दा बाहिर छैन । प्रचण्ड र सीताजस्तै सँगै युद्धमा होमिएका हरेकले योगदानको प्रतिफल भन्दै सत्ता भोगेका छन् । तर, प्रत्यक्ष रूपमा सत्ता भोग्नेहरूको लामो सूचीमा हजारौँ पटक हेर्दा पनि सीताको नाम भेटिन्न । यो भन्दा ठूलो त्याग, समर्पण र सादगीपन कता भेट्नु ?

    संसदीय राजनीतिमा माओवादी उन्माद पिँधका जनताले पनि महसुस गरेकै हुन् । सत्ता र शक्तिको आडमा बालुटारबाट अनैतिक रूपमा देश कब्जा गर्ने ‘फस्ट लेडी’हरू पनि देखिएकै हुन् । शारीरिक र मानसिक रूपमा तन्दुरूस्त हुँदै सीताले दुई पटक ‘फस्ट लेडी’ हुने अवसर पाएकी थिइन । तर, कुनै नराम्रो काममा उनको नाम जोडिएन । अर्थात्, बालुवाटारको त्यो राप र तापयुक्त आसनमा पनि सीता सधैँ शान्त रहिन् ।

    आज प्रचण्डमाथि परिवारवादको आरोप लाग्छ । तर, इतिहास बिर्सनु हुँदैन । सीता त्यस्तो महान् आमा हुन् जसले आफूसँगै सन्तानलाई पनि मुक्तियुद्धमा सामेल गराइन् । स्वभावले प्रचण्ड भावुक छन् । त्यो आट राख्दैनन् । त्यस्तो लाग्दैन कि– प्रचण्डको चाहनामा प्रचण्ड र सीताका सन्तानहरू युद्धमा होमिए । लाग्छ– मुटुका टुक्राहरूलाई युद्धमा होम्ने उनै सीता हुन् । सन्तानलाई युद्धमै होमे पनि सन्तानप्रति सीताको मातृभाव सबैलाई महसुस भयो ।

    मिडिया जगतमा सीता दुर्लभ पात्र हुन् । फस्ट लेडी भएका कारण तस्बिरहरूमा प्रसस्तै देखिन्छन् । तर, अखबारका पन्नाहरू र टेलिभिजनका पर्दाहरूमा सीताका धारणाहरू विरलै सुन्न पाइन्छ । दशक पहिले एबीसी टेलिभिजनले एउटा कार्यक्रममार्फत सीताको राजनीतिक बुझाइहरू समेटेको थियो । सायद त्यो नै सीताको अन्तिम राजनीतिक धारणा थियो । जुन धारणा हिजो, आज र भोलि पनि सान्दर्भिक छ, रहनेछ ।

    कार्यक्रममा सीताले महिला मुक्तिको सन्दर्भमा जनयुद्धले खेलेको भूमिकाबारे बोलेकी छिन् । उनको भनाइको सार थियो– महिला मुक्ति सामान्य विषय होइन । महिलाले मात्र चाहेर मुक्ति सम्भव छैन । तर, मुक्तिको सन्दर्भमा महिला आफैले पहिलो पाइला चाल्नुपर्छ । त्यो पाइला जनयुद्धबाट सुरु भएको छ । यसमा हाम्रो भूमिका छ । यसले, युग युगसम्म अर्थ राख्ने छ ।’ यसरी हेर्दा सीताको राजनीतिक बुझाइ असामान्य बुझिन्छ ।

    जनयुद्धमा सीताहरूले बन्दुक बोकेर नहिँडेको भए आज पनि महिला मुक्तिको सन्दर्भ टाढै रहन्थ्यो । संवैधानिक रूपमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित भयो । आज ७५३ वटा स्थानीय सरकारमा प्रमुख र उपप्रमुखमध्ये एक महिला निर्वाचित हुन्छन् । सीताले भने झैँ प्रतिनिधित्वको सन्दर्भमा यो व्यवस्थाको अर्थ युग युगसम्म रहन्छ । त्यसैले यो व्यवस्थाका निर्विकल्प हकदार सीता पनि हुन् ।

    आज जनयुद्ध, जनयुद्धका नेतृत्व र समग्र माओवादी आन्दोलनप्रति नकारात्मक धारणा राख्नेहरू धेरै छन् । जनयुद्धलाई हिंसा र जनयुद्धका नेतृत्वलाई हिंस्रकका रूपमा परिभाषित गर्ने क्रम बढ्दो छ । माओवादी नेतृत्वमा हाबी हुँदै गएको विचलनले पनि यस्तो परिस्थिति बनेको हुनसक्छ । तर, बिर्सन नहुने सत्य के हो भने आज माओवादीमाथि घृणाको हिलो छ्याप्न पाउने स्वतन्त्रताका निम्ति माओवादीले जनयुद्ध लडेको थियो । सीता दाहालहरूले लडेका थिए ।

    नेपाली समाजमा ‘मृत्युपछि बखान’ आलोचनाको विषय हो । सीताको सन्दर्भमा सोही दुखान्त दोहोरियो । आज राजनीतिक परिवर्तनमा सीताले पर्दापछिबाट गरेको योगदानको चर्चा हुँदै छ । त्यसो त जीवित रहँदा सीताबारे सकारात्मक र नकारात्मक दुवै कोणमा समाचार बनेनन्, बहस भएनन् । तर, मृत्युपछि उनको राजनीतिक योगदानको चर्चा हुँदै छ । सीताको सादगी जीवनबारे बहस हुँदै छ । यसलाई सकारात्मक मान्नुपर्छ । धेरै मानिस त मृत्युपछि चर्चा गर्न लायक पनि हुँदैनन् ।

    सीता जीवनभर प्रचण्डका असल सारथिका रूपमा परिचित भइन । तर, उनको भूमिका एक श्रीमतीका रूपमा मात्र सीमित थिएन । मुक्तिका निम्ति रचिएको क्रान्तिको पक्षमा अदम्य साहसका साथ रणमैदानमा आफूलाई निरन्तर सामेल गराएकी तर, ओझेलमा परेकी पात्र थिइन्, सीता । यस अर्थमा, सीताको राजनीतिक जीवन एउटा प्रेरणाको जीवन हो । जुन जीवनले अन्यायविरूद्ध विद्रोह गर्नुपर्छ, मुक्तिका लागि आफै मैदान उत्रनुपर्छ र राजनीति गर्नुको अर्थ सत्ता भोग्नु मात्र होइन भन्ने प्रेरणा मिल्छ ।

    सीताको जीवनमा सायदै सुखका दिन थिएनन् । प्रचण्डसँगको जीवन सुरुवाती चरणमा गरिबीको चपेटामा थियो । त्यति नै बेला सन्तान हुर्काउने जिम्मेवारी सीताकै थाप्लोमा आइलाग्यो । लगत्तै, जनयुद्धमा परिवारसहित होमिनुप¥यो । शान्ति प्रक्रियापछि एकपछि अर्को गर्दै सन्तान वियोग खेप्नुपर्याे । जीवनको उत्तराद्र्धमा दुई वर्ष अचेत अवस्थामा रहनु प¥यो । दुःख दुःखमै जीवन लीला त्याग्नुप¥यो ।

    अन्त्यमा,
    कमरेड सीता दाहालले फगत जीवन बाचिनन् । आमूल परिवर्तनको महान् अभियान ‘जनयुद्ध’मा जीवन समर्पण गरिन् । वर्तमान व्यवस्थाको सुन्दर बगैँचामा अधिकारका रूपमा लहलहाउँदै गरेका, पक्रँदै गरेका र फूलेका फूलहरूले छरेका बास्नामा सीता दाहालको त्याग र समर्पण आभास हुन्छ ।

    हार्दिक श्रद्धा सुमन !

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यी प्रदेशमा वर्षातको पूर्वानुमान
    सर्वोच्च अदालत ले राज्यका पूर्व विशिष्ट व्यक्ति (भीआईपी)हरूले विदेशमा उपचार गराउँदा राज्यकोषबाट खर्च व्यहोर्ने कानुनी व्यवस्था खारेज
    सरकारी कार्यक्रम गर्न पूर्ण रोक, डाइ: होटल–रिसोर्टमा अब आसरकारी खर्चमा कफ्नै कार्यालयमै बैठक–तालिम
    ताजा अपडेट
    • यी प्रदेशमा वर्षातको पूर्वानुमान
    • सर्वोच्च अदालत ले राज्यका पूर्व विशिष्ट व्यक्ति (भीआईपी)हरूले विदेशमा उपचार गराउँदा राज्यकोषबाट खर्च व्यहोर्ने कानुनी व्यवस्था खारेज
    • सरकारी कार्यक्रम गर्न पूर्ण रोक, डाइ: होटल–रिसोर्टमा अब आसरकारी खर्चमा कफ्नै कार्यालयमै बैठक–तालिम
    • २०८३ वैशाख १५ गते (२८ अप्रिल २०२६) मंगलवार, तपाइको आजको राशिफल
    • रास्वपामा विवाद चर्किँदा रविको सन्देश: “मालिक बन्ने सोच भए यहाँ ठाउँ छैन”

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.