• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, पुष ०२, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

हार्दिक श्रद्धासुमन सीता दाहाल सादा जीवन, उच्च विचार


  •    संवाददाता/ मङ्गलबार, साउन ०२, २०८०  

  • साभार  प्रधानमन्त्री प्रचण्ड प्रेस बिज्ञ मनहरी तिमल्सिना

    प्रकृतिको सामान्य नियम हो– दुःख गर्नेले सुखमा हक राख्छ । मेहनत गर्ने प्रतिफलका स्वाभाविक हिस्सेदार हुन्छन् । तर, सीताले दुःखपछिको सुखमा हक मागिनन्, मेहनतपछिको प्रतिफलमा व्यक्तिगत हिस्सेदारी दाबी गरिनन् । दुलहीको रूपमा प्रचण्डसँग समर्पित सीताले जीवनका हर दुःख र हर सफलताहरू पनि प्रचण्डलाई नै समर्पण गरिन् ।

    आजको व्यवस्था जनयुद्धको उपलब्धि हो । जुन जनयुद्ध प्रचण्डसहित नेतृत्वको त्याग, बलिदान र समर्पणको प्रतिफल हो । त्यसमध्येकी एक हुन्, सीता दाहाल । यस अर्थमा, संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समावेशी प्रतिनिधित्व स्थापित गर्ने सवालमा सीताको भूमिका उत्तिकै महत्त्वपूर्ण छ । अर्थात्, मुक्तिको त्यो अभियान र यो प्रतिफलमा सीताको योगदान स्मरणयोग्य छ ।

    जनयुद्धपछि माओवादीले संसदीय राजनीतिको बाटो रोज्यो । पहिलो संविधानसभामा अभूतपूर्व सफलता प्राप्त ग¥यो । त्यसयता माओवादी सत्ताभन्दा बाहिर छैन । प्रचण्ड र सीताजस्तै सँगै युद्धमा होमिएका हरेकले योगदानको प्रतिफल भन्दै सत्ता भोगेका छन् । तर, प्रत्यक्ष रूपमा सत्ता भोग्नेहरूको लामो सूचीमा हजारौँ पटक हेर्दा पनि सीताको नाम भेटिन्न । यो भन्दा ठूलो त्याग, समर्पण र सादगीपन कता भेट्नु ?

    संसदीय राजनीतिमा माओवादी उन्माद पिँधका जनताले पनि महसुस गरेकै हुन् । सत्ता र शक्तिको आडमा बालुटारबाट अनैतिक रूपमा देश कब्जा गर्ने ‘फस्ट लेडी’हरू पनि देखिएकै हुन् । शारीरिक र मानसिक रूपमा तन्दुरूस्त हुँदै सीताले दुई पटक ‘फस्ट लेडी’ हुने अवसर पाएकी थिइन । तर, कुनै नराम्रो काममा उनको नाम जोडिएन । अर्थात्, बालुवाटारको त्यो राप र तापयुक्त आसनमा पनि सीता सधैँ शान्त रहिन् ।

    आज प्रचण्डमाथि परिवारवादको आरोप लाग्छ । तर, इतिहास बिर्सनु हुँदैन । सीता त्यस्तो महान् आमा हुन् जसले आफूसँगै सन्तानलाई पनि मुक्तियुद्धमा सामेल गराइन् । स्वभावले प्रचण्ड भावुक छन् । त्यो आट राख्दैनन् । त्यस्तो लाग्दैन कि– प्रचण्डको चाहनामा प्रचण्ड र सीताका सन्तानहरू युद्धमा होमिए । लाग्छ– मुटुका टुक्राहरूलाई युद्धमा होम्ने उनै सीता हुन् । सन्तानलाई युद्धमै होमे पनि सन्तानप्रति सीताको मातृभाव सबैलाई महसुस भयो ।

    मिडिया जगतमा सीता दुर्लभ पात्र हुन् । फस्ट लेडी भएका कारण तस्बिरहरूमा प्रसस्तै देखिन्छन् । तर, अखबारका पन्नाहरू र टेलिभिजनका पर्दाहरूमा सीताका धारणाहरू विरलै सुन्न पाइन्छ । दशक पहिले एबीसी टेलिभिजनले एउटा कार्यक्रममार्फत सीताको राजनीतिक बुझाइहरू समेटेको थियो । सायद त्यो नै सीताको अन्तिम राजनीतिक धारणा थियो । जुन धारणा हिजो, आज र भोलि पनि सान्दर्भिक छ, रहनेछ ।

    कार्यक्रममा सीताले महिला मुक्तिको सन्दर्भमा जनयुद्धले खेलेको भूमिकाबारे बोलेकी छिन् । उनको भनाइको सार थियो– महिला मुक्ति सामान्य विषय होइन । महिलाले मात्र चाहेर मुक्ति सम्भव छैन । तर, मुक्तिको सन्दर्भमा महिला आफैले पहिलो पाइला चाल्नुपर्छ । त्यो पाइला जनयुद्धबाट सुरु भएको छ । यसमा हाम्रो भूमिका छ । यसले, युग युगसम्म अर्थ राख्ने छ ।’ यसरी हेर्दा सीताको राजनीतिक बुझाइ असामान्य बुझिन्छ ।

    जनयुद्धमा सीताहरूले बन्दुक बोकेर नहिँडेको भए आज पनि महिला मुक्तिको सन्दर्भ टाढै रहन्थ्यो । संवैधानिक रूपमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित भयो । आज ७५३ वटा स्थानीय सरकारमा प्रमुख र उपप्रमुखमध्ये एक महिला निर्वाचित हुन्छन् । सीताले भने झैँ प्रतिनिधित्वको सन्दर्भमा यो व्यवस्थाको अर्थ युग युगसम्म रहन्छ । त्यसैले यो व्यवस्थाका निर्विकल्प हकदार सीता पनि हुन् ।

    आज जनयुद्ध, जनयुद्धका नेतृत्व र समग्र माओवादी आन्दोलनप्रति नकारात्मक धारणा राख्नेहरू धेरै छन् । जनयुद्धलाई हिंसा र जनयुद्धका नेतृत्वलाई हिंस्रकका रूपमा परिभाषित गर्ने क्रम बढ्दो छ । माओवादी नेतृत्वमा हाबी हुँदै गएको विचलनले पनि यस्तो परिस्थिति बनेको हुनसक्छ । तर, बिर्सन नहुने सत्य के हो भने आज माओवादीमाथि घृणाको हिलो छ्याप्न पाउने स्वतन्त्रताका निम्ति माओवादीले जनयुद्ध लडेको थियो । सीता दाहालहरूले लडेका थिए ।

    नेपाली समाजमा ‘मृत्युपछि बखान’ आलोचनाको विषय हो । सीताको सन्दर्भमा सोही दुखान्त दोहोरियो । आज राजनीतिक परिवर्तनमा सीताले पर्दापछिबाट गरेको योगदानको चर्चा हुँदै छ । त्यसो त जीवित रहँदा सीताबारे सकारात्मक र नकारात्मक दुवै कोणमा समाचार बनेनन्, बहस भएनन् । तर, मृत्युपछि उनको राजनीतिक योगदानको चर्चा हुँदै छ । सीताको सादगी जीवनबारे बहस हुँदै छ । यसलाई सकारात्मक मान्नुपर्छ । धेरै मानिस त मृत्युपछि चर्चा गर्न लायक पनि हुँदैनन् ।

    सीता जीवनभर प्रचण्डका असल सारथिका रूपमा परिचित भइन । तर, उनको भूमिका एक श्रीमतीका रूपमा मात्र सीमित थिएन । मुक्तिका निम्ति रचिएको क्रान्तिको पक्षमा अदम्य साहसका साथ रणमैदानमा आफूलाई निरन्तर सामेल गराएकी तर, ओझेलमा परेकी पात्र थिइन्, सीता । यस अर्थमा, सीताको राजनीतिक जीवन एउटा प्रेरणाको जीवन हो । जुन जीवनले अन्यायविरूद्ध विद्रोह गर्नुपर्छ, मुक्तिका लागि आफै मैदान उत्रनुपर्छ र राजनीति गर्नुको अर्थ सत्ता भोग्नु मात्र होइन भन्ने प्रेरणा मिल्छ ।

    सीताको जीवनमा सायदै सुखका दिन थिएनन् । प्रचण्डसँगको जीवन सुरुवाती चरणमा गरिबीको चपेटामा थियो । त्यति नै बेला सन्तान हुर्काउने जिम्मेवारी सीताकै थाप्लोमा आइलाग्यो । लगत्तै, जनयुद्धमा परिवारसहित होमिनुप¥यो । शान्ति प्रक्रियापछि एकपछि अर्को गर्दै सन्तान वियोग खेप्नुपर्याे । जीवनको उत्तराद्र्धमा दुई वर्ष अचेत अवस्थामा रहनु प¥यो । दुःख दुःखमै जीवन लीला त्याग्नुप¥यो ।

    अन्त्यमा,
    कमरेड सीता दाहालले फगत जीवन बाचिनन् । आमूल परिवर्तनको महान् अभियान ‘जनयुद्ध’मा जीवन समर्पण गरिन् । वर्तमान व्यवस्थाको सुन्दर बगैँचामा अधिकारका रूपमा लहलहाउँदै गरेका, पक्रँदै गरेका र फूलेका फूलहरूले छरेका बास्नामा सीता दाहालको त्याग र समर्पण आभास हुन्छ ।

    हार्दिक श्रद्धा सुमन !

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    माओबादको समाप्ति चाहान्छौ भने स्वयं तिमी समाप्ति को लागि तयार बन – s.p.regmi.
    हल्ट प्राइज गण्डकी विश्वविद्यालयद्वारा ओरिएन्टेसन कार्यक्रम सम्पन्न
    २५ जना नयाँ युवाको प्रवेशसँगै GenZ RedForce Nepal थप सशक्त
    ताजा अपडेट
    • माओबादको समाप्ति चाहान्छौ भने स्वयं तिमी समाप्ति को लागि तयार बन – s.p.regmi.
    • हल्ट प्राइज गण्डकी विश्वविद्यालयद्वारा ओरिएन्टेसन कार्यक्रम सम्पन्न
    • २५ जना नयाँ युवाको प्रवेशसँगै GenZ RedForce Nepal थप सशक्त
    • Gen Z Red Force Nepalद्वारा माघ १० गते शान्ति प्रदर्शन, शिक्षा सुधारका मुद्दा केन्द्रीत प्रेस–मिट सम्पन्न
    • जेन्जी पुस्ताका जायज मागलाई दबाउन खोजे YCL मौन बस्दैन : डम्बर पुलामी मगर (कर्म)

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.