चल्तिमा रहेको सामाजिक प्रथा भन्दा पृथक शैलि, विद्रोही स्वभाव जकडिएको समाजले सहजै पचाउन सक्दैन । पृथक अभियान थालनि गरेवापत ग्रिकका दार्शनिक शुकरातले समाजले पागलको संज्ञा दिएर तिरस्कार मात्रै गरेन तत्कालिन राज्यसत्ताले मृत्युदण्ड नै दिने फैसला गर्यो उनि हाँसि हाँसी मृत्युदण्ड स्विकार गर्न तयार भए तर सम्झौता गरेनन् । नेपाली समाज संस्कारको हिसाबले हेर्न हो भने अझै पनि सुकरात कालिन ग्रिकको अवस्थावाट यथोचित मात्रामा अझै पनि माथी उक्लन सकेजस्तो लाग्दैन ।

वर्तमान नेपाली राजनितिमा स्थानिय तह देखि केन्द्रिय तहसम्मको समग्र मुल्याङ्कन गर्न हो भने जनप्रतिनिधिहरु रबैया ,कार्यशैली र चिन्तन आत्मकेन्द्रित मानसिकताबाट ग्रस्त देखिन्छन् । अपवाद केहि कर्मशिल जनप्रतिनिधिहरु पनि आत्मकेन्द्रित टपरटुईया प्रबृतिबाट थिचिएर सोचे अनुसारको सफलता हासिल गर्न सकिरहेको अवस्था छैन ।यद्दपी दृढ सङ्कल्प सहितको ईच्छाशक्ति लिएर निरन्तर अगाडी बढिरह्यो भने झिनामसिना बाधा,अड्चन्ले गन्तव्यबाट बिमुख हुनुपर्दैन भन्ने एक उदाहरण हुन हर्क साङ्पाङ् ।
विकाश निर्माण र स्थानियको तत्काल आवश्यकतालाई महत्वका साथ सँगै हातेमालो गरसहित प्रत्यक्ष श्रमदानका निम्ति प्रेरित गर्नु अहिले को यान्त्रिक पुस्तामा सामान्य विषय होईन । बर्षेनि कर दोब्बर तेब्बर बुद्दि गरि जनताको ढाड सेकेर उठाएको पेसाले काम भन्दा वढि फुटनी लगाएर जनतालाई मुर्ख ठान्ने र भट्टीमा खाएर तारे होटलको विल पेश गर्ने अनि सेटिङ्ग गरेर महङ्गोमा योजनाको टेन्डर सदर गर्ने जनप्रतिधिहरुको नजरमा हर्क साङ्पाङ् सादगीपन र जिद्दिपन् सन्कि,लहडी ,बहुलाहा र पटमुर्ख पनि लाग्नसक्छ ।
नारायण श्रेष्ठ को वाल बाट