शनिबार अखिल नेपाल महिला सङ्घ अनेमसंघको दोस्रो पूर्ण बैठकमा उपमहासचिव रिमालले धरानका मेयर हर्क साम्पाङलाई ‘बौलाहा मेयर’ भनेका थिए ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘एमालेको एउटा भुसुनोले मुखबाट गोबर उकेलेछ।अब आउने चुनावमा यसलाई जनताले देखाइदिनेछन्।’
धरानका बौलाहा टाइपका मेयरको सामाजिक सञ्जालमा हजारौँ लाईक आएको तर केपी ओलीको सामाजिक सञ्जालमा लाइक कम आएको भन्दै उनले कार्यकर्तासमक्ष असन्तुष्टि पोखेका थिए । उनले ओलीको फेसबुकमा दैनिक पचास हजार लाइक आयो भने एमालेको बहुमत हुने बताए ।