• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, बैशाख ०७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

छानबिन गर्न प्रशासनले पठाएको नागरिकता पत्र प्रहरी कार्यालयबाटै गायब

"छानबिन गर्न प्रशासनले पठाएको नागरिकता पत्र प्रहरी कार्यालयबाटै गायब  "

  •    संवाददाता अभियान हाम्रो डटकम / मङ्गलबार, माघ १०, २०७९  

  • गत भदौ २४ गते जिल्ला प्रशासन कार्यालय पुगेका राजविराज नगरपालिका– ७ का राजनारायण मिश्रको नागरिकता जफत गरिएको थियो । छोराको नागरिकता लिन आएका मिश्रकै नागरिकता शंकास्पद पाइएपछि प्रशासनले बाबुकै नागरिकता जफत गरी छानबिन गर्न प्रहरीलाई पत्राचार गरेको थियो । तर, सो पत्र जिल्ला प्रहरी कार्यालयबाटै गायब भएको खुलेको छ ।

    जफत गरिएको नागरिकताअनुसार ०५१ असोज २५ गते मिश्रको नाममा ४५८/३०० नम्बरको नागरिकता जारी भएको छ । तर, तत्कालीन प्रशासकीय अधिकृत हरिहर दाहालको हस्ताक्षरमा भने ०५१ असार २१ गते उल्लेख छ ।

    ‘      नागरिकतामा तत्कालीन प्रशासकीय अधिकृत दाहालको हस्ताक्षर पनि मिलेको छैन । नागरिकता जारी गरिएको मितिले पनि नक्कली नै देखिन्छ,’ जिल्ला प्रशासन कार्यालय स्रोतले भन्यो, ‘जारी मितिअनुसार कार्यालयमा अभिलेख पनि फेला परेको छैन । र, नागरिकता कार्ड पनि कार्यालयकै हो भनेर यकिन गर्न सक्ने अवस्था छैन ।’

    प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले नागरिकताबारे छानबिन गर्न प्रहरीलाई पत्राचार गरिएको बताए  । ‘हामीले छानबिनका लागि प्रहरीमा पठाइसकेका छौँ,’ उनले भने, ‘त्यहाँबाट आइसकेपछि सोहीअनुसार अघि बढ्छौँ ।’ तर, जिल्ला प्रहरी कार्यालयबाटै सो पत्र गायब भएपछि छानबिन अघि बढ्न सकेको छैन ।

    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले पत्रको खोजी भइरहेको बताए । ‘मैले पत्र खोजी गर्न लगाइसकेको छु । यता–उता भएको हुन सक्छ, फेला नपर्ने भन्ने हुँदैन,’ उनले भने ।

    नागरिकताजस्तो संवेदनशील विषयमा प्रशासनको पत्र प्रहरी कार्यालयबाटै हराउनुले प्रहरीमाथि शंका उब्जिएको स्थानीय बताउँछन् । पत्र हराउनुले प्रहरीको लापरबाही देखाएको मात्र नभई शंकाको घेरामा तानेको युवा अभियन्ता श्याम यादवले बताए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आज मिति २०८३ साल बैशाख ४ गते शुक्रबार, तपाईको आजको राशिफल
    कम्युनिस्ट पुनर्जागरणको प्रस्थानविन्दु: प्रचण्डको नेतृत्व र वाम एकता
    आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    ताजा अपडेट
    • आज मिति २०८३ साल बैशाख ४ गते शुक्रबार, तपाईको आजको राशिफल
    • कम्युनिस्ट पुनर्जागरणको प्रस्थानविन्दु: प्रचण्डको नेतृत्व र वाम एकता
    • आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    • पोखरा बुधबार साँझ सभागृह चोकमा हत्या गरिएकी ४२ वर्षीया सिर्जना पौडेल क्षेत्री दुःखान्त
    • आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.