• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
मङ्गलबार, बैशाख ३०, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

पति, सासुआमा र छोराछोरी आँफैले चढाएर पोखरा पठाएको:अब म कसरि बाच्नु सरु शर्मा


  •    संवाददाता/ सोमबार, माघ ०२, २०७९  

  • पोखरा ।

    आइतबार पोखराको सेती नदीको खोचमा दुर्घटनामा परेको यति एयरलाइन्समा सवार ७२ जनामध्ये ६९ जनाको शव निकालेर अस्पतालमा लगिएको छ भने बाँकी तीन वटा शव भीरबाट निकाल्ने काम भइरहेको छ ।

    सोही विमानमा सवार पर्वतका एकै परिवारका आमा छोरा र नाती नातीनाले ज्यान गुमाएका छन् । पर्वतको बिहादी गाउँपालिका–५ उराम पोखरा घर भई हाल ललितपुरको इमाडोलमा बस्दै आएका युवराज शर्माको परिवारले दुर्घटनामा ज्यान गुमाएपछि उनकी पत्नि सरुलाई ठूलो चोट पुगेको छ ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘एयर ट्राफिक कन्ट्रोल’ (एटीसी) अधिकृतको रूपमा कार्यरत सरुले पति, सासुआमा र छोराछोरी आँफैले चढाएर पोखरा पठाएको विमान दुर्घटनामा परेको सबैभन्दा पहिला थाहा पाएपछि उनको होश हवास उड्यो ।

    दुर्घटनामा सासु आमा ६३ वर्षीया जमुना शर्मा, पति ४० वर्षीय युवराज , छोरी १३ वर्षीया आरुबी र छोरा पाँच वर्षीय बेबीलाई गुमाएकी ३६ वर्षीया सरु शर्मा आफ्नो काम सम्हाल्न ‘एयर ट्राफिक कन्ट्रोल रुम’ मा पुगेको केही क्षणमा नै अप्रिय खबर सुनेपछि उनी अचेत बनिन् ।

    दुर्घटनालगत्तै निकै तनावमा रहेकी उनलाई सम्झाई बुझाई गर्ने काम भइरहेको नाताले छोरा पर्ने बिहादीका उनका आफन्त रोशन तिवारीले बताए।

    खासमा सरुको परिवारको काठमाडौं बसाइ भए पनि उनीहरू​ दशैँतिहार जस्ता चाडबाड र विशेष अवसरमा गाउँमा जाने गर्थे ।

    यस पटक पनि उनीहरु माघे संक्रान्ति मनाउन पर्वत जाने क्रममा आइतबार दुर्घटनामा परे । अहिले सरुको हेरविचारमा आफन्तहरु लागिरहेका छन्

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कोरिया गएका प्रवासी नेपालीका परिवारका लागि पोखरामा वित्तीय साक्षरता कार्यक्रम
    अन्तर पुनःस्थापना केन्द्र स्तरिय टेबल टेनिस टुर्नामेन्ट सम्पन्न
    २०८२ बैशाख ११ गते बिहिबार तपाईको राशिफल
    ताजा अपडेट
    • कोरिया गएका प्रवासी नेपालीका परिवारका लागि पोखरामा वित्तीय साक्षरता कार्यक्रम
    • अन्तर पुनःस्थापना केन्द्र स्तरिय टेबल टेनिस टुर्नामेन्ट सम्पन्न
    • २०८२ बैशाख ११ गते बिहिबार तपाईको राशिफल
    • ‘वर्ष उत्कृष्ट खेल पत्रकार’ को प्रयोजन हेमबहादुर पुन स्मृति प्रतिष्ठानले गर्ने
    • २०८२ बैशाख ९ गते तपाईको राशिफल कसको लागि कति लाभदायी

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :[email protected]

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.