हिजो पोखरामा भएको अत्यन्तै दुखद दुर्घटनामा परि ज्यान गुमाउनु भएका ७२ जना मध्ये ७० जनाको सब प्राप्त भएको छ।
प्राप्त सब हरुको सम्पुर्ण परिक्षण एबँ आफन्त हरुवाट सब पहिचान भएका २० जनाको सब पोखरामा नै पोष्टमार्टम गरि भोलि माघ ३ गते दिउसो सम्म क्रमश परिवारजनमा हस्तान्तरण गर्ने तय भएको छ। बाकी ५२ जनाको हवाई दुर्घटनाको अन्तर्राष्ट्रिय प्रोटोकल अनुसार सब पहिचान नभएको तथा बिदेशी नागरिक ,चालक दलका सदस्यहरुको बडिको भिसेरा परिक्षण, डिएनए परिक्षण लगाएतका अन्य आबश्यक प्रक्रिया पुरा गरेर मात्र हस्तान्तरण गर्न सकिने छ ।


काठमाडौ बाट आउनु भएको फरेन्सिक बिभागका डाक्टर साबहरु बाट जानकारी प्राप्त भएको छ। पोखरामा नै पोष्टमार्टम सुरु भएको यात्रुहरुको नाम यस प्रकार रहेको छ। यस दुर्घटनाको छानबिनका लागि अत्यावश्यक पर्ने जहाजको ब्याक बक्स ( ककपिट भ्वाइस रेकडर, “VCR” फ्लाइट डाटा रेकडर “FDR”) सुरक्षित रुपमा प्राप्त भै शशस्त्र प्रहरी मार्फत नागरिक उड्डयन प्राधिकरण लाई हस्तान्तरण गरिएको छ।
पाेखरा महानगरका प्रमुख धनराज आचर्यकाे फेसबुक वालबाट साभार







