हाम्रो समाजमा जबसम्म एउटि नारीलाई श्रीमानको साथ हुन्छ तबसम्म उनले सम्मान पाइरहन्छीन। माइतीघर पटिकाको पनि साथ सपोर्ट पाइरहन्छिन, तर डिभोर्स वा विधुवा भएपछि माइतीघर बाट एक समयपछि उनको सम्मान घट्दै जान्छ।
स्वतन्त्र त टाढाको कुरा उनमा यस्तो नजर राखिन्छ जस्तो उनी कैदि हुन। खाना पिउन पनि अरुको इच्छामा निर्भर रहन्छ। उनी भित्र भित्रै तड्पिन्छिन तर सुनाउनु कसलाई?
कलिलो उमेरमा विधवा भएपछि उनको नै आफन्तले उनलाई गलत नियत राख्ने गर्छन्। तर यो कुरा सुनाउ पनि त कसलाई सुनाउनु।
उनलाई पनि दिन भरको थकाइ पछि प्रेमपुर्वक कुरा गर्नलाई मन हुन्छ तर कुरा गर्नु पनि कोसँग? उनको नै देवर जेठाजु सँग बिबाह गर्नको लागि दबाब दिने गरिन्छ।
तर यो दु:ख सुनाउ भने पनि त कसलाई सुनाउँनु?
मैले र तपाईंले सयौंलाई गुन त लगाउन सक्दैनौं तर एउटालाई खुशी बनाउन त सक्छौं त्यो आफ्नोपन, त्यो माया, त्यो साथ दिएर.. यही एउटा अवधारणा र सोचले मात्र पनि ती नारीहरुलाई सामाजिक दबाब र खोक्रा प्रथाबाट मुक्ति दिएर एउटा सुखद जीवन दिन सकिन्छ ।







