एउटै महिनावारी जुन महिलाले ११ बर्ष उमेरदेखि हरेक महिना सहने गर्छन। यो महिनावारी उनीहरुको रोजाइमा पर्दैन। यो त उनीहरुलाई प्रकृतिले दिएको एउटा बरदान हो।
एउटै महिनावारी, जसमा पुरै शरीर कठोर हुन्छ । कम्मर भाचिन लाग्छ । पेटको दुखाइ सहनै नसकिने हुन्छ। र मानसिक तनाव यति धेरै हुन्छ कि सामान्य दिनमा सोच्नाले मात्रै पनि दुखाइ बढ्न थाल्छ ।
हरेक महिनाको महिनावारीको पीडा सहेर आफुले आफैलाई अर्को महिना फ़ेरि पीडा सहनको लागि तयार हुनु कुनै सिपाहीको लडाइ भन्दा कम हुँदैन ।
महिला ले हरेक महिना कति बर्षसम्म यो युद्ध सहनुपर्छ उनीहरुलाई थाहा हुदैन। तब गएर कुनै पुरुषको अनुहारको चमक बढ्छ , तब एउटा परिवार चम्किन्छ। तब मात्रै कसैको सन्तान बढ्छ।
एउटि बच्ची ले आफ्नो ११ बर्षको उमेर देखि नै कसैको बुहारी हुने कसैको श्रीमती हुने मुल्य चुकाउछिन, हरेक महिना दुख सहेर, ताकि कुनै दिन उनले बंशको वृद्धि बढाउन सकुन ।
गर्भावस्थाको ३-४ महिना पछि , उनी आफै पनि निराश हुन्छिन , बान्ता आउने, मुड अफ हुने , थकान लाग्ने, मानसिक तनाव हुने, र ढाड दुखाइ जिबनको हिस्सा बन्छ।
महिना बढ्दै गए सँगै घरमा सुत्केरी बस्ने ब्यबस्था सबै आफैले मिलाउनुपर्छ ।
र जब बच्चा जन्माउने समय आउँछ , त्यहाँ पनि असह्य पीडा भोग्नु पर्छ। ९ महिना सम्म शारीरिक र मानसिक रुपमा आफैलाई तयार पार्नुपर्छ, परम्परा लाई अगाडि बढाउनको लागि ।
प्रसव पीडा ६-८ घण्टा लामो समय सम्म र कहिलेकाही २-३ दिनसम्म पनि हुनसक्छ । यदि सामान्य सुत्केरी नभए गर्भ चिरेर पनि बच्चा बाहिर निकाल्ने हिम्मत राख्छिन ।
शरिरमा स्ट्रेच दाग र अपरेसनको निसान जिन्दगीभर हुने सम्भावना हुन्छ, जसले कुनै समय अनुहारमा एउटा डन्डीफोर आउदा पुरै घर उचाल्ने गर्थिन।
सामान्यतय पुरुषले एउटि महिलाको मन कहिले बुझ्न सक्दैनन। र जसले आफ्नो श्रीमतीको मन बुझ्छ भने उ भगवानको रुप भएको पुरुष हो।
केटाहरू सँग काँधमा काँध मिलाएर हिड्न धेरै सजिलो हुन्छ
तर महिला सँग बराबरी गर्न त्यति नै गारो हुन्छ ।
हरेक महिना पानी जस्तै रगत बगाउनुपर्छ एउटि महिला हुनको लागि ।
हरेक पीडा लाई हासेर सहनुपर्छ एउटि महिला हुनको लागी ।
सम्पुर्ण महिला दिदिबहिनीमा समर्पित ।