जातीय विभेदजन्य गालीगलौजमा उत्रिएपछि पोखरा महानगरपालिका–२४ की दलित महिला सदस्य मैया नेपालीले आइतबार उनीविरुद्ध जाहेरी दिएकी थिइन् ।
नेपालीका अनुसार वडाले लक्षित समूहका लागि छुट्ट्याएको ५ लाख रुपैयाँमध्ये महिलालाई ४ लाख र दलितलाई १ लाख रुपैयाँ विनियोज गरेको थियो । महिलालाई छुट्ट्याइएको बजेट खर्च गर्न महिला भेला गरेर योजना निर्धारण गर्ने तय गरिएको थियो । पुस १८ मा छलफलका लागि महिला भेला बोलाइएकोमा वडाध्यक्षले एकलौटी रुपमा एक हस्तकला प्रशिक्षकलाई ल्याएर तालिम उद्घाटनको नाम दिए ।
महिला सदस्यले विरोध जनाए । दलित महिला वडा सदस्य नेपालीले पनि विरोध जनाउने क्रममा वडाध्यक्ष अधिकारीले तथानाम गाली गरेको महिलाले दिएको जाहेरीमा उल्लेख गरिएको छ ।
वडाध्यक्ष अधिकारीले वडा सदस्यको हैसियत अध्यक्षको जस्तो नहुने भन्दै वडाले दिएको बजेटमा चित्त बुझाएर बस्न भन्दै धम्की दिएका थिए ।