• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, माघ ३०, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

१९ नेपाली मलेसियामा आठ दिनदेखि बन्धक

"१९ नेपाली मलेसियामा आठ दिनदेखि बन्धक "

  •    संवाददाता अभियान हाम्रो डटकम / आइतबार, पुष २४, २०७९  

  • १९ जना नेपाली मलेसियामा आठ दिनदेखि बन्धक छन्। सानेपाको खोजी रिक्वायरमेन्ट म्यानपावरबाट सप्लायर्स कम्पनीमा काम गर्न भदौ २३ गते मलेसिया पुगेका युवाहरू अलपत्र परेका हुन्।

    काम गर्ने क्रममा कम्पनीका मालिकले कुटपिट गर्ने, चरम शारिरक यातना दिने गरेपछि किन यस्तो गरेको भन्दा कम्पनीबाट निकालिएको गुनासो बन्धक मध्येका गोरखा बुङकोटका ठाकुर रेग्मीले बताए।

    बन्धक हुनेमा गोरखाको शहीद लखन गाउँपालिका ६ का ठाकुर रेग्मी, ७ का कमल श्रेष्ठ, भिमसेन थापा गाउँपालिका ७ का विष्णुप्रसाद ढकाल, टिकाराम गोतामे, सुजन गोतामे रहेका छन्। स्थानीय पालिका र जिल्ला प्रशासन कार्यालयले उद्धारकालागि पहल गरिदिए सहज हुने आशा उनीहरूलाई छ।

    गोरखाका पाँच बाहेक उदयपुरका १ जना, सप्तरीका १ जना, मकवानपुरका ७ जना, रौतहटका ३ जना, भोजपुर र बैतडीका १/१ जना छन्। बन्धक भएका युवाहरू तत्काल रिहाइको माग गर्दै सामाजिक सञ्जालमा हारगुहार गरिरहेका छन्।

    गत भदौ २३ गते मलेसिया पुगेका उनीहरुलाई कम्पनीले एक महिनाको पारिश्रमिक पनि नदिएको बन्धक भएका मध्येका एक बाबुराम बास्तोलाले बताए।

    ‘नेपालीहरूलाई दिनहुँ कम्पनीका मालिकले कुटपिट गरेपछि सबैले किन कुटपिट गरेको, हामी बालबच्चा पाल्न पैसा कमाउन आएका हौँ भन्यौँ’ उनले भने ‘यातना रोकिएन, हामीले नेपालस्थित कम्पनीलाईपनि भन्यौँ, तर सुनुवाइ भएन।’

    उल्टै कम्पनीबाट निकालेर केलाङ भन्ने ठाउँमा एउटा कोठाको तेस्रो तलामा बन्धक बनाएर राखिएको उनले बताए।कम्पनीका मालिकले गरेको ब्यवाहार र ठगीबारे मलेसिया स्थित नेपाली दुताबासमापनि जानकारी गराएको र टेकबहादुर कार्की भन्ने व्यक्ति आएको तर आश्वासन बाहेक गुनासो सुनुवाइ नभएको उनले बताए।

    नेपाल स्थित कम्पनीमा पनि समस्याका बारेमा जानकारी गराएको र एजेन्ट महमद जुदेन आएर तत्काल अन्यत्र काम दिने वा नेपाल पठाउने बताए पनि त्यसो हुन नसकेको उनले बताए।

    ‘सुरुको दिन २८ जना थियौँ, अहिले नौ जनालाई अन्यत्र होटल परिवर्तन गर्ने भनेर लग्यो, हामी २१ जना अलपत्र छौँ’ उनले भने।

    एक नेपाली युवालाई कम्पनीका मालिकले निर्घात कुटपिट गरेपछि अन्य नेपाली युवाहरुले किन कुटपिट गरेको भनेर सोध्दा सबैलाई कम्पनीबाट निकालिदिएको गुनासो बन्धक भएर बसेका युवाहरूको छ।

    अहिले सँगै रहेका १९ जनालाई तत्काल नेपाल ल्याइदिन सामाजिक सञ्जाल मार्फत युवाहरुले अपिल गरिरहेका छन्।

    ‘हामीलाई धेरै पिडा भइसक्यो, यहाँ यातना सहेर काम गर्नुभन्दा नेपाल नै जाऊँ भन्ने सबैले भन्नुभएको छ’ बास्तोलाले भिडियो संवादमा भने ‘खाने कुरा छैन, सुत्ने ठाउँ छैन, यो पिडा कति दिन कसरी सहनु?’

    खोजी रिक्वायरमेन्टका प्रतिनिधि सँग यस बारे जानकारी लिन वेभसाईटमा रहेको टेलिफोनमा सम्पर्क गर्दा सबै नम्बर सेवा बाहिर रहेको भेटियो।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    देश बचाउने युवाको अठोट सहित चुनावमा भोट हाल्न लन्डनबाट ‘तारा’ अंकित लगेज बोकेर नेपाल आए
    आज २०८२ साल माघ २६ गते सोमबार तपाइको आज को राशिफल
    सुनिल थापाको शव अन्तिम श्रद्धाञ्जलीका लागि बोर्डमा राखिने
    ताजा अपडेट
    • देश बचाउने युवाको अठोट सहित चुनावमा भोट हाल्न लन्डनबाट ‘तारा’ अंकित लगेज बोकेर नेपाल आए
    • आज २०८२ साल माघ २६ गते सोमबार तपाइको आज को राशिफल
    • सुनिल थापाको शव अन्तिम श्रद्धाञ्जलीका लागि बोर्डमा राखिने
    • आज २०८२ साल पुस ११ गते शुक्रबार तपाइको आजको राशिफल
    • लायन्स लियो क्लब पोखरा फरक अभियानको रक्तदान

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.