आज मिति २०७९ पौष १६ गते शनिबार । तदनुसार डिसेम्बर ३१ तारिख सन् २०२२ । नवमी तिथि रेवती नक्षत्र परिघ योग बालब करण चन्द्रमा मीन राशीमा सूर्यउदय ६:५६ भयो भने सूर्यास्त ५:१७ मा हुनेछ ।
मेष राशि
यात्रामा कष्ट
अनावश्यक झन्झट एवं तनाबको वातावरण
खर्चको वृद्धि ।
वृष राशि
व्यापार व्यवशाय एवं जागिरबाट मनग्य आर्थिक लाभ होला
कर्म क्षेत्र एवं विजनेस फस्टाउने समय छ
हात्ति घोडा एवं सवारी साधनको प्राप्ति होला ।
मिथुन राशि
कर्मक्षेत्रमा मिहेनत गर्दा विशेष लाभ मिल्ने
कर्मोन्नतिको काल भएकाले विशेष अवसर आउन सक्छ
प्रतिष्ठा एवं सामाजिक क्षेत्रबाट सम्मान मिल्ने ।
कर्कट राशि
अनावश्यकारण झमेलामा फस्न सकिने भएकाले विचार गर्नुहोला
बन्धनादिका समस्या पनि देखिएका छन्
काम गर्दा दु:खमात्र होला फल पाइने समय छैन ।
सिह राशि
काम गर्दा गरेका लागनीले चिन्ताको वृद्धि गर्नेछन्
रिणको वृद्धि एवं नसोचेका समस्याहरु आइदिन सक्ने सम्भावना
स्वास्थ्य विग्रनुका साथै शोकको खबरले मनमा दुख ल्याउने ।
कन्या राशि
व्यवशाय एवं जागिरमा उन्नतिको समय
लामा लामा यात्राका साइतहरु पनि जुर्न सक्छन्
धार्मिक क्षेत्रमा समावेस भइने समय छ ।
तुला राशि
मनमा सुख मिल्ने छ
शत्रुहरुबाट आएको समस्या हटेर जाने
आर्थिक लाभ राम्रो ।
वृश्चिक राशि
सोचेर गरेका काममा धेरै मिहेनत गरेता पनि परिणाम सोचेजस्तो नआउने
धेरै विघ्न बाधाले सताउने समय
मनमा दु:खको वातावरण बन्ने ।
धनु राशि
घर परिबार सन्तान बाटै विश्वासघाट हुन सक्ने सम्भावना
मिलेर काम गर्दा विशेष साबधानी हुनु पर्ने
रिसलाई वसमा राख्नुहोला ।
मकर राशि
विभिन्न प्रकारका सुख मिल्नेछन्
आर्थिक पक्ष मध्यम रहला
वस्त्रादि मिल्ने
विजय एवं सुखको वातावरण बन्नेछ ।
कुम्भ राशि
आर्थिक पक्षहरु झन झन खस्किएर जानेछन्
धनको अभाव होला
काममा नसोचेका समस्याले सताउन सक्नेछन् ।
मीन राशि
स्वेशबाट विशेष लाभ मिल्नेछ भने
परदेशबाछ अशुभ खबर आउन सक्ने
कृषि पशुचौपायबाट बिस्तार भए पनि लाभ मिल्ने ।